Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मार्ट सिटी विशेष ‘लोकस फेस्टिवल’ १९ माघदेखि

\"\"काठमाडौं । नेपाली इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ विषयमा अध्ययरत विद्यार्थीहरुको आयोजनामा हरेक वर्ष आयोजना हुने लोकस फेस्टिवलको १५ औं संस्करण आगामी १९ देखि २१ माघसम्म सञ्चालन हुने भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको आयोजनामा पुल्चोक क्याम्पस परिसरमा हुने फेस्टिबलको यस वर्षको मुख्य नारा ‘स्मार्ट सिटीः सूचना, सञ्चार तथा प्रविधि’ तय गरिएको छ । लोकसका संयोजक प्रसिद्ध कार्कीले फेस्टिबलको सबै तयारी पूरा भएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जारी दिए । लोकसका मिडिया संयोजक वसन्त चौलागाईले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएको र अब देश स्थायी शान्ति र आर्थिक विकासको बाटोमा लम्किदै गएको अवस्थामा नेपाली विद्यार्थीहरुको सिप सिर्जना तथा उत्पादनलाई प्रदर्शन गर्दै निर्वाचनमा विभिन्न नेता तथा उम्मेदवारले स्मार्ट सिटीको नारा दिएकाले स्मार्ट सिटी कस्तो हुन्छ भनेर देखाउन यस वर्षको लोकसको मुख्य नारा स्मार्ट सिटी बनाइएको बताए । पुल्चोक क्याम्पस इलेक्ट्रिकल तथा कम्प्युटर डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा. सुरेन्द्र श्रेष्ठले स्मार्ट सिटी के हो र कस्तो हो भनेर देखाउन खोजेको जनाउँदै स्मार्ट सिटीका बारेमा नबुझेकाहरुलाई यो प्रदर्शनीले कन्सेप्ट तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । लोकसका संयोजक कार्कीले प्रदर्शनी मुख्य तीन भागमा विभाजित गरेको र त्यसमा प्राविधिक पूर्वाधार, वैकल्पिक उर्जा र अनलाइन सर्भिसको विषयलाई प्रदर्शनीको मुख्य आकर्षकको रुपमा प्रस्तुत गरिने जानकारी दिए । प्रदर्शनीका क्रममा ड्रोनाचार्य, रोबो वार्ज, इनर्जी ह्याकथन, विभिन्न व्यक्तित्वहरुसँगको संवाद, टेक डिबेट, चिल्ड्रेन इन टेकनोलोजी, फोटोग्राफी, सफ्टवेयर सम्बन्धी कार्यक्रम लगायत आयोजना हुने आयोजकले जनाएको छ । माथिका कतिपय प्रतियोगिताहरु भने यसअघि नै सम्पन्न भईसकेको छन् । लोकसले हरेक वर्ष नेपालका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समेट्दै प्रदर्शनी गर्ने गरेको छ । लोकस पूल्चोकमा अध्ययरत विद्यार्थीहरुको नाफारहित संस्था हो भने यसमा हरेक वर्ष सबै कार्यसमिति परिवर्तन हुने गर्दछ । नयाँ कार्यसमितिले नै हरेक वर्षको प्रदर्शनी आयोजना गर्ने लोकसले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies