Khabar Dabali Logo
  October 21, Wed

न्याय विक्री गर्ने हत्यारा, माफिया र डन हाे प्रधानन्यायाधीश गोपाल पराजुली : डा. गाेविन्द केसी

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली अपराधी र ‘हत्यारा’ भएको टिप्पणी गरेका छन् । सत्याग्रही डा. केसीले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका छन् ।

उनीविरुद्ध परेको मानहानीको मुद्दा सर्वोच्चमा विचाराधीन छ । त्यही मुद्दामा आफ्नो पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै डा. केसीले प्रधानन्यायाधीश पराजुली हत्यारा भएको आरोप लगाएका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्राङ्गणबाट डा. केसीले भने- ‘विद्वान अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छ । कसले ? त्यो अपराधी, भ्रष्ट, माफिया, डनको नाइके गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको छ । त्यस्तो मान्छे प्रधानन्यायाधीश हुनसक्छ ? के गरी बस्छ त्यो कुर्सीमा ?’

डा. केसीले अगाडि भने, ‘मर्डरर हो यो । प्रधानन्यायाधीश हत्यारा हो हत्यारा ।’ पराजुलीविरुद्ध चर्को आक्रोश पोखेका डा. केसीले अदालतको भने सम्मान गर्ने बताए ।

सही रुपमा न्यायसम्पादन गर्नेहरुको सम्मान गर्ने भन्दै डा. केसीले भने, ‘तर, न्याय विक्री गर्ने र हत्यारा, माफिया र डन प्रधानन्यायाधीश जबसम्म पदमा रहिराख्छन्, त्यसबेला अदालतले कुनै फैसला गर्छ भने मलाई मान्य हुँदैन । कुन आधारमा भन्ने निश्पक्ष फैसला हुन्छ ?’

माफियाको पक्षमा एकपछि अर्को फैसला गरेको भन्दै उनले प्रधानन्यायाधीश पराजुली ‘माफिया किङ’ भएको बताए । पछिल्लो पटक आईओएमका डीनमा शशी शर्मालाई चार दिनका लागि पुनर्वहाली गर्नु त्यसको प्रमाण भएको उनले दाबी गरे ।

माघ १७ गते, २०७४ - १८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top