Khabar Dabali Logo
  November 1, Sun

मिस विश्वकर्मा इन्टरनेशनलको फाइनल मलेसियामा हुने

  • माघ १७ गते, २०७४ - १८:२०
मलेसिया । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ ।
लामोसयम देखि कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागि तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्यक्ष दीपक बराईलीले जानकारी दिए । फाइनल मलेसियाको जोहोरबारु को ट जे मार्ट हल मा फेब्रुअरी १८ मा हुने बताइएको छ ।
जातिय अाधारको कार्यक्रम कतारमा गर्न नमिल्ने भन्ने कुरा आएपछि सोहि कार्यक्रम मलेसियामा गर्ने तय भएकाे बराईलीले बताए । उनले यो प्रतियोगीताको उद्देश्य विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने भएकोले पनि देश बाहिर गर्नुपर्ने बताए ।
फाइनल कार्यक्रमका लागी टप ८ प्रतियोगी, कलाकार, आयोजक टिम सहित जम्मा २५ जनाको टोली मलेसिया प्रस्थान गर्दैछ । कार्यक्रमका कलाकारहरुको तर्फबाट अभिनेता राजेश हमाल, मिस नेपाल सुगरिका केसी, गायक हिमाल सागर, नायिका नम्रता सापकोटा, गायक डेबिट शंकर, सुजना ढकाल, रकेश राइलगायत रहेका छन् ।
साथै मलेसियामै रहेका नेपालीकलाकाहरुको पनि प्रस्तुती रहने कार्यक्रमका संयोजक दिलिप माझिले जानकारी दिए । मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहेको आयोजनक संस्थाका कोषाध्यक्ष रोहन लोहनीले बताए ।
मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ ।

 

माघ १७ गते, २०७४ - १८:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top