Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दिमाग खाने प्रश्नः एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर कति हो ?

\"\"काठमाडौं । चीनमा गणितको परीक्षामा बच्चाहरूलाई सोधिएको अनौठो प्रश्नको उत्तर कोहीसँग पनि छैन । चीनको शुनकिङ जिल्लामा प्राथमिक तहका बच्चाहरू यो प्रश्न पढेर छक्क परे अनि सामाजिक सञ्जालमा यो कुरा डढेलो झैं फैलियो । यो प्रश्न पाँचौं कक्षाका बच्चाहरूलाई सोधिएको थियो । उनीहरू औसतमा ११ वर्षका छन् । प्रश्नपत्रको तस्वीर र प्रश्नको जवाफ दिने बच्चाहरूको कोशिश चीनको सामाजिक सञ्जालमा भाइरल भयो । स्वाभाविक रूपमा यसमाथि बहस भयो । शिक्षा विभागले यसको जवाफ पनि दियो । कुनै भूलवश यो प्रश्न नराखिएको बरू बच्चाहरूलाई जागरुक बनाइरहनका लागि प्रश्न सोधिएको उसले बतायो । एक बालकले जवाफ दिए, ‘कप्तानको उमेर कम्तीमा १८ वर्ष होला किनकि जहाजको कप्तान हुनका लागि वयस्क हुनुपर्छ ।’ अर्का विद्यार्थीले अनुमान लगाए, ‘कप्तानको उमेर ३६ वर्ष होला किनकि २६ र १० जोड्दा ३६ हुन्छ ।’ एक छात्रले त हार नै माने । उनले लेखे, ‘कप्तानको उमेर ... मलाई थाहा छैन । म यस प्रश्नको उत्तर दिन सक्दिनँ ।’ तर इन्टरनेटमा मानिसहरूले यस्ता सोझा उत्तर दिएनन् । चीनको माइक्रोब्लगिङ वेबसाइट वीबोमा एक व्यक्तिले सोधे, ‘यो प्रश्नको कुनै तुक छैन । शिक्षकलाई यसको उत्तर थाहा छ ?’ अर्का व्यक्तिले सोधे, ‘कुनै विद्यालयमा २६ शिक्षक छन् र तिनमा १० जना बेवकूफ छन् भने प्राचार्यको उमेर कति होला ?’ तर केही मानिसले विद्यालयको बचाउ गरे । उनीहरूले विद्यार्थीको बुद्धिमत्ता जाँच्नका लागि प्रयत्न गरिएको बताए । वीबोमा एक व्यक्तिले लेखे, ‘यो प्रश्नले विद्यार्थीहरूलाई सोच्ने मौका दियो ।’ एक अन्य व्यक्तिले भने, ‘यो प्रश्नले बच्चाहरूलाई उनीहरूको विचार जान्न लगाउँछ । उनीहरूलाई सिर्जनात्मक हुने अवसर दिन्छ । यस्ता थप प्रश्न उनीहरूलाई सोध्नुपर्छ ।’ शुनकिङको शिक्षा विभागले यस बहसमा एक बयान जारी गरेर आफ्नो कुरा राख्यो । उसका अनुसार, बच्चाहरूलाई स्वतन्त्र रूपमा सोच्नका लागि सक्षम बनाउन र जागरुकतालाई जाँच्नका लागि यो प्रश्न गरिएको थियो । चीनको शिक्षा व्यवस्था पारम्परिक रूपमा नोट बनाउन र घोक्नमा जोड दिन्छ । आलोचकहरूका अनुसार, बच्चा यसरी सिर्जनात्मक हुन पाउँदैनन् । यस्ता प्रश्नले बच्चाहरूलाई लीकबाट हटेर सोच्न चुनौती दिने शिक्षा विभागको भनाइ छ । एक व्यक्तिसँग यस प्रश्नको गतिलो जवाफ थियो । वीबोमा एक व्यक्तिले पोस्ट गर्दै लेखे, ‘जनावरहरूको औसत तौलका आधारमा २६ भेडा र १० बोकाहरूको तौल सात हजार ७०० किलो हुन्छ । चीनमा पाँच हजार किलोभन्दा बढी कार्गो जहाज चलाउने लाइसेन्स लिनका लागि कम्तीमा पाँच वर्षको अनुभव हुनु जरूरी हुन्छ । चीनमा २३ वर्षभन्दा कम उमेरका व्यक्तिलाई जहाज चलाउने लाइसेन्स दिन सकिन्न । त्यसैले जहाजका कप्तानको उमेर कम्तीमा २८ वर्ष अवश्य हुन्छ ।’ बीबीसीबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies