Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

के सन्देस ल्याएर अाँउदै छन् भारतीय विशेष दुत ? देउवा सरकार वेखबर

\"\"काठमाडाै । नाकाबन्दीले गर्दा भारत प्रतिकाे नेपाली चाँसाे धेरै कम भैसकेकाे छ । बैशाखमा गएको भुकम्पले नेपालीलार्इ रूवाएकाे बेला भारतले नेपालको बोर्डरमा लगाएको ‘अघोषित’ नाकाबन्दीले छिमेकी देशकाे बहादुरी सफलतापूर्वक देखार्इ सकेको छ । नयाँ संविधानमा भारतीय चासोलाई सम्वोधन नगरेको आधारमा नेपाललाई दण्डित गर्ने भारतकाे यो क्रियाकलापले कुटनीतिक क्षेत्रमा आत्महत्या हाे भनेर भन्न सकिन्छ । भारतले गरेकाे नाकाबन्दीले पेट्रोलियम मात्रै नभएर औषधी र भुकम्पका राहत सामग्रीको आयात पनि अवरुद्ध भएको थियाे । कुहिएका अाजु, प्याज, टमाटर पठाएर असल छिमेकीकाे अाेकालत पनि गरेकाे सर्वविदितै छ । नयाँ दिल्लीले संविधानमा मधेसी जनताकाे चासोलाइ बुइ बनाएर सम्वोधन गर्न भनेको थियो । तर, नेपालका नीति निर्माताले त्यसकुरालाई लत्याए र ‘ठुल्दाई’ को अनुशासनमा आफूहरु नबस्ने स्वाभिमानी दम देखाएका थिए । यस दमदार कदममा नाकाबन्दीले ढाडसेक्ने भारतकाे चाहनालार्इ सम्पूर्ण नेपालीले उच्च मनाेवलका साथ लत्याइ दिएका थिए । भारतप्रतिको बढ्दो घृणा मात्र नभएर उसकाे राजनीतिक वास्तविकता छर्लंग देखिसकेका थिए । नयाँ दिल्लीले नेपालकाे नयाँ संविधानमा भएको व्यवस्थाप्रति असन्तुष्ट भएर गरेको उग्र प्रदर्शनलाई आपूर्ति अवरोधको कारणका रुपमा अघि सार्दै देखाएकाे सदभावबाट भारत र नेपालकाे सम्वन्ध चिसिदै गएकाे छ ।
त्यहि बेला देखि विग्रेको नेपाल भारत सम्वनधलार्इ सुधार गर्ने मुख्य उद्धेश्य बाेकेर भारतीय विदेशमन्त्री सुस्मा स्वराज २४ घण्टे भ्रमणका लागि आउंदै छिन् । छिमेकी देशकाे बरिष्ठ कुटनीतिज्ञ नेपाल अाउन लागिरहंदा देउवा सरकार भने बेखवर रहेको छ । भारतीय अधिकारिले स्वराज भ्रमणको औपचारिक जानकारी दिएको दुई दिन वितिसक्दा पनि नेपाल सरकारका तर्फबाट कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।
भारतीय अधिकारीले स्वराजको भ्रमण उच्च राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ । स्वराज भाेलि (बिहीबार) नेपाल  आइपुग्ने जानकारी पाए पनि कति बजे काठमाडौं उत्रने भन्नेवारे जानकारी छैन । यसाे त कार्यतालिका के–के छ भन्नेबारे परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाले पनि केही बताउन सकेको छैन । स्वराजको टोली विशेष विमानमा काठमाडौं आउने र उनीसंगै नवनियुक्त विदेशसचिव विजयकेशव गोखलगाएतका  वरिष्ठ अधिकारीहरू हुने बताइएकाे छ । विमानबाट झर्ने वित्तिकै राजनीतिक दलका नेताहरूलाई भेट्ने तयारी छ । नेपाल हेर्ने डेस्क प्रमुख सुधाकर दलेला पनि सहभागी त्यस टाेलीले गर्ने भनिएकाे भेटघाटलार्इ अर्थपूर्णरूपमा हेरिएकाे छ । नेपालकाे भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा शान्तिप्रकृयाका एक मात्र जीवित हस्ताक्षर कर्ता प्रचण्डलाई कतिबेला कहां भेट्ने भन्ने सूचना पहिले नै गरिसकिएको भारतीय दूतावासले बताएको छ । वाम गठबन्धनका लिडरलार्इ भेटीसकेपछि पर्सी फर्कनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका रहेकाे वताइएको छ । नेपाल भेटवार्ता दुईपक्षीय सहकार्य र सम्बन्ध विस्तारमा केन्द्रित रहने यस अघि नै भारतीय विदेश मन्त्रालयले जनाएको छ । वाम गठबन्धनकाे ठूलाे दल नेकपा माअाेवादी केन्द्रले अनुपयुक्त समयमा भ्रमण नगर्न वेसहाेला भनिरहेकाे र नेपाल सरकारले निमन्त्रणा नै नगरी हुन लागेको याे कुटनैतिक भेटघाटले भारत सरकारको के सन्देश बोकेर आउन लागेको हो त्यो भने हेर्न वाँकी छ । तर पटक-पटक ओलीसँग फोन वार्ता गरेका मोदीले पछिल्लो समय स्वराजलाई नेपाल पठाउनुले भ्रमणलाई गहिरार्इ पूर्वक हेरिएकाे छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies