Khabar Dabali Logo
  October 30, Fri

नेपालकै होचो मान्छे भेटिएको दाबी

मोरङ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन ।

तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गरे ।

नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भने,  ‘प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौँ ।’ पराजुलीले प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने बताए ।

नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालै मात्र विराटनगर–१९ वडाका अध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्ताबापत मासिक रु दुई हजार दिने गरी रातो कार्ड बनाइएको छ ।

‘मैले धेरै ठाउँमा सोधखोज गरेँ तर, प्रकाशको उचाइजस्तो नेपाली नरहेको जानकारी पाएको छु ,’ वडाध्यक्ष सरदारले भननुभयो । संसारकै होचा चन्द्रबहादुर डाँगी २२ इन्चका हुनुहुन्थ्यो । उहाँको निधन भइसकेको छ । खगेन्द्र थापामगर (पोखरा) उचाई २ फिट २६ इन्च थियो । संसारकै होचा कलाकार काठमाडौँका दीपेनको उचाइ ३१ इन्च थियो । उहाँको केही महिनाअघि निधन भएको थियो । ‘नेपालमा सबैभन्दा होचा व्यक्तिबारे सम्पूर्ण तथ्यांक लिएर हामी प्रकाशको पक्षमा केही गर्छौं’, प्रमुख पराजुलीले भने।

प्रकाशका बाबु नकुवाको क्यान्सरले केही वर्षअघि निधन भइसकेको छ । आमा बिमला घरेलु कामदारका रुपमा काम गर्छन । रासस

माघ १७ गते, २०७४ - ११:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top