Khabar Dabali Logo
  October 30, Fri

नयाँ फिल्म ‘फल्ट’काे घोषणा

काठमाडौं ।  इञ्जोय मुभिजको व्यानरमा नयाँ फिल्म ‘फल्ट’ घोषणा गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा फिल्मका निर्देशक सुवास जिसीले फिल्मले समाजमा सभ्य भन्ने व्यक्तिले नकारात्मक काम गर्दा त्यसले समाजमा पार्ने प्रभावलाई विषयबस्तु बनाएको बताएका छन् ।

फिल्ममा सन्तोष काफ्ले निर्माता छन् । फिल्मलाई शुभकामना दिँदै पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले नेपाली राजनीति जस्तै फिल्म क्षेत्रमा पनि हुने उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए । पूर्वसभामुख नेम्बाङले नेपाली कलाकारले विदेश फिल्ममा कमाएको ख्यातीबाट आफू परिचित रहेको बताउँदै पाकिस्तानको कराँची जाँदा त्यहाँ शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको खुलाए ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्ने किसिमका फिल्म बनिरहेका बेला फिल्म ‘फल्ट’ले त्यही बाटोलाई समात्नेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा प्रहरी अतिरिक्त नायब महानिरिक्षक सुदीप आचार्यले पनि शुभकामना दिएका थिए ।

फिल्ममा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिकामा छन् । फागुनको पहिलो साताबाट फ्लोरमा जाने फिल्ममा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायांकन हुनेछ ।

इलाम, झापा, मोरङ र काठमाडौंमा छायांकन हुने फिल्म २०७५ को वैशाख तेस्रो साता रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

माघ १७ गते, २०७४ - ११:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top