Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

मिनेन्द्र रिजाल भन्छन्-कांग्रेसको नेतृत्व शशांक वा गगनलार्इ दिएर देउवा र पाैडेल बिदा हुनुपर्छ

\"\"काठमाडाैं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारको नेतृत्व गर्ने गरी चुनावमा गए पनि मज्जाले पराजित भएको भन्दै अब प्रतिपक्षमा बस्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले कांग्रेसलाई प्रतिपक्षको भूमिका प्राप्त भएको भन्दै अब शसक्त प्रतिपक्षमा रहेर जिम्मेवारी पूरा गर्ने बताए । अबको पाँच वर्षमा कांग्रेसलाई जनताको प्रिय पार्टी बनाउने अभियानमा आफूहरु लाग्ने रिजालको भनाई छ । “कसरी बहुमतका पार्टी बनाउने भन्नेतिर लाग्नुपर्ने बेला छ । यो एकदिनको प्रयत्नले हुँदैन । पाँचै वर्षभरी मिहिनेत गर्नुपर्छ ।” रिजालले भने । चुनावमा पराजित भएपछि सभापति शेरबहादुर देउवाको आलोचना भइरहेका बेला रिजालले देउवा र रामचन्द्र पौडेलको पुस्ताले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका विर्सन नहुने बताए । तर अबका दिनमा भने उहाँहरुको उमेर पनि ढल्किएकाले जिम्मेवारी नयाँ पुस्ताको काँधमा जानुपर्ने उनले बताए । “अब नेता पुरुषका रुपमा देउवा र पौडेललाई सम्मान गर्ने हो । अब आउने महाधिवेशनले नयाँ पुस्तामा नेतृत्व जान्छ । त्यो पुस्ता उहाँहरुको भाइ पुस्ता हुन पनि सक्छ, छोरा पुस्ता पनि हुन सक्छ” रिजालले भने । रिजालले भाइ पुस्ता भन्नाले महामन्त्री शशांक कोइरालाको पुस्ता र छोरा पुस्ता भन्नाले गगन थापाको उमेरका नेताहरु भएको उल्लेख गरे । जुन पुस्तामा नेतृत्व लाने भए पनि त्यसका लागि वातारण निर्माण गर्नुपर्ने उनको भनाई छ । विशेष महाधिवेशन वा अर्ली महाधिवेशनका बारेमा पार्टीभित्रको छलफलले निष्कर्ष निकाल्ने भन्दै रिजालले अहिलेको नेतृत्वलाई गलहत्याएर निकाल्ने पक्षमा आफु नरहेको स्पष्ट पारे । “नेताहरुलाई अपमान गरेर पार्टी अगाडि बढ्न सक्दैन । हामीले उहाँहरुलाई हृदयदेखि सम्मान गर्नुपर्छ” रिजालले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies