Khabar Dabali Logo
  October 30, Fri

भारतकै राष्ट्रपति जान नपाउने गर्भगृहमा पुग्दैछन् पूर्व राजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित अभिषेक कार्यक्रममा ज्ञानेन्द्र शालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएकाले उनी माघ २२ गते (सोमबार) भारत प्रस्थान गर्न लागेका हुन् ।

आजको घटना र विचार साप्ताहिकमा खबर छ-माघ २६ र २७ गते पुरीमा आयोजना गरिने विशेष समारोहमा सहभागिताका लागि ज्ञानेन्द्र शाहलाई नेपालका राजाको रुपमा विशेष आमन्त्रण गरिएको छ । समारोहमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने बताइएको छ ।

त्यस अवसरमा ज्ञोनन्द्र शाहबाट जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना हुने कार्यक्रम छ । स्मरणीय छ, उक्त गर्भगृहसम्म पुगेर पूजा गर्ने अवसर नेपालका राजाबाहेक कसैलाई पनि उपलब्ध हुनेछैन । भारतकै राष्ट्रपति समेत गर्भगृहमा जान पाउने छैनन् ।

यसअघि तत्कालिक वीरेन्द्र शाहबाट गर्भगृहसम्म पुगेर पूजाआजा गर्ने कार्य भएको थियो । तीन दशकपछि ज्ञानेन्द्र शाहले उक्त अवसर पाएका छन् ।

उनलाई पूर्व श्री ५ नभइ श्री ५ महाराजधिराजका रुपमा सम्बोधन गरी निमन्त्रणा पठाइएको र स्वागतसत्कार पनि श्री ५ महाराजधिराजकै रुपमा गरिने बुझिएको छ ।

उनीबाट पुरीमा स्थापना गरिएको गौशालाको उद्घाटन हुने कार्यक्रम छ । उनले गोपीनाथ मन्दिर पुगी स्त्यावतीको पूजा पनि गर्नेछन् ।

माघ २२ गते शाह कलकत्ता भएर उडिसा जाने र यस यात्रामा कोमल शाहको सहभागिता नरहने बताइएको छ ।

माघ १७ गते, २०७४ - ०९:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top