गाउँकी उपाध्यक्ष गंगुदेवीः जसले हलो समाउँदा पोथी बास्यो भने
माघ १७ गते, २०७४ बुधवार 31st January, 2018 Wed०८:०२:०७ मा प्रकाशित
काठमाडौं । पुरुषले मात्रै गर्दै आएको हलो जोत्ने काम गर्दा केही वर्षअघिसम्म नेपाली समाजमा पाप मानिन्थ्यो । अझ कुुरीति र अन्धविश्वासले गाँजेको सुदूरपश्चिमस्थित बझाङ जस्तो जिल्लामा गंगुदेवी खडायत हिम्मतवालीकारुपमा निस्किइन् । पुरुष प्रधान नेपाली समाजमा उनले हलो समाएर विद्रोह नै गरिन् । अाजको अन्नपूर्णमा खबर छ-भारतमा जन्मेकी गंगुदेवीले हलो समाउँदा बझाङमा तरङ्ग नै ल्यायो ।
बैंगलोरदेखि बझाङसम्म
बझाङमा पहिलो पटक हलो समाउने महिला बनेकी उनै गंगुदेवी २०४१ सालमा पुसमा विवाह गरेर भारतबाट नेपाल आएकी हुन् । भारतमा काम गर्न गएका नेपाली युवासँग विवाह गरेर भारतको बेंगलोरबाट बझाङ आइपुगेकी हुन् गंगुदेवी ।
त्यो बेला सुदूरपश्चिम पहाडमा मोटर बाटो थिएन । भारतको सुविधासम्पन्न सहरमा जन्मेकी उनी नेपाल–भारत सिमाना टनकपुरबाट ९ दिन पैदल हिडेर बझाङ आइपुगिन् । उनी भारतबाट बझाङ आइपुग्दा इन्दिरा गान्धीको मृत्यु भएको ६ महिना मात्रै भएको थियो ।
नेपालमा हन्डरै हन्डर
उनी नेपाली युवासँग बिहे गरेर बझाङमा त आइन् तर त्यसपछि उनका अफ्ठेरा दिन सुरु भए । बेंगलोरमा हुर्केकी उनलाई न बझाङको भूगोल थाहा थियो न नै त्यहाँको संस्कृतिचाल चलन, रहनसहन सबै कुरामा उनी अनभिज्ञ थिइन् । बझाङमा खाने लाउनेदेखि रहनसहन पुरै नयाँ थियो उनका लागि । उनले पतिको घरमा आएपछि कहिल्यै नखाएको कोदो, फापर र ढुटोको रोटा खानु पर्यो ।
सँगै आएका पति उनलाई घरैमा छाडेर फेरि भारततिर भारततिर भास्सिए । त्यसपछि त गंगुदेवीका दुःखका दिन सुरु भए । नेपाली भाषा बोल्न पनि नआउने उनलाई जेठानी, देउरानीदेखि घरका सदस्यदेखि छरछिमेकी सबैले हेला गर्न थाले । उनले घरमा बस्ने अवस्था नै भए ।
‘त्यतिखेर अहिलेको जस्तो गाडी चढ्ने बाटो भएको भए म इन्डिया नै फर्किन्थे, तर न गाडी नै चल्थ्यो न त हिँडेर जाने बाटो थाहा नै थियो’, उनले दुःखका ती दिन सम्झिँदै भनिन्, ‘मलााई जेठानी, देउरानीले साह्रै दुःख दिए, बसीखानु भएन, तर मसँग अरु विकल्प पनि त थिएन ।’
प्रौढ शिक्षाले खोल्यो आँखा
त्यहीबेला एउटा संस्थाले गाउँमा प्रौढ शिक्षा पढाउन थाल्यो । उनले भारतमा ५ कक्षासम्म त पढेकी थिइन् तर भाषा मिल्दैनथियो । गंगुदेवीले घरमा संघर्ष गरेर प्रौढ शिक्षा पढ्न थालिन्, त्यहीँ उनले नेपाली भाषा सिकिन् । प्रौढ शिक्षा पढेर भाषा जान्ने हुन थालेपछि त अझै उनी परिवारको निशानामा परिन् ।
गाउँघरमा पोथी बास्न थाली भनेर उनको आचोलना हुन थाल्यो । जेठाजु, देवरसँग उनको लडाईँ नै सुरु भयो । भाषा जानेर चनाखो हुन थालेपछि पतिको हकाधिकार उनी आफैँले खोज्न थालिन् । ‘त्यही बेला स्याहार नपुगेर जेठी छोरीको ज्यान गयो’, उनले विगत सम्झिइन्, ‘अर्की छोरीलाई जडिबुटी खुवाएर बल्लतल्ल बचाएँ ।’
घरदेखि सिंगो समाजसँग संघर्ष गर्नुपरेकाले छोरीलाई बचाउन नसकेको पीडा अहिले पनि उनको आँखा देख्न सकिन्छ । ‘संघर्ष गर्दागर्दै जेठी छोरी बचाउन सकिनँ, काखैमा बिती’, उनले सुनाइन्, ‘गाउँमा औषधिमुलो केही नहुने, अर्की छोरीलाई जडिबुडी गरेर बचाएँ । परिवार चर्को अवहेलनामा परेपछि उनले तीन वर्षपछि त्यो घर छाडिन् ।
सौताका बाबुआमा आफ्नै
गंगुदेवी भन्दा अघि उनका पतिले बिहे गरिसकेका रहेछन्, उनी त्यहाँ नआउँदै सौताको मृत्यु भइसकेको थियो । सौताका बाबुआमाले भने गंगुदेवीलाई छोरीसरह व्यवहार गर्थे । घरमा झगडा भएपछि सौताका आमाबाबुले छोरी बनाएर घरमा ल्याएर उनलाई राखे ।
‘भतिजाले मेरो जग्गा कब्जा गर्न लागे, गाउँमा आईमाईले जग्गा जोत्नु हुँदैन भन्ने अन्धविश्वास थियो । उनीहरुले मेरो जग्गा गाउँ अरुलाई जोत्न नदिने गरी कफ्र्यू नै लगाए’, गंगुदेवी विगतमा फर्किइन्, ‘मेरो जग्गा जोत्न गाउँमा कोही तयार भएनन् । गाउँका अरुले पनि मलाई सहयोग गरेनन् । जेठाजु, देवर र भतिजाले मेरा जग्गा कब्जा गर्न जोत्न दिएका थिएनन् ।’
आफ्नो जग्गा कब्जा गर्न लागेकालाई जवाफ दिन उनले आफैँ जोत्ने हिम्मत जुटाइन् । ‘भतिजो तेरो जग्गा कब्जा गर्छु भनिरहेको थियो’, उनले विगतको घटना सुनाउँदै भनिन्, ‘आफैँ जोतेर भए पनि कब्जा गर्न नदिने हिम्मत मैले जुटाएँ ।’
घरबाट हेला गरे पनि उनका सहारा बनेका थिए सौताका बाबुआमा । ‘बस्ने सहारा त मलाई बुबाआमा (सौताका) ले दिनुभएकै थियो । तर हलो जोत्ने कुरामा उहाँहरु पनि सहमत हुनुभएन’, उनले सुनाइन्, ‘बुबाआमा समेत आईमाईले हलो जोत्नुहुँदैन भन्ने भ्रममा हुनुहुन्थ्यो ।’
अन्धविश्वास तोडिन्
तर पनि उनले आफ्नो जग्गा बचाउन हलो समाउने अठोट गरेकी थिइन् । ‘माइती बुबाआमा (सौताका) को आँखा छलेर हलो जोत्न थालेकी हुँ । हलो जोत्ने मान्छे आएको छ भनेर गोरु बारीमा ल्याएँ,’ उनले दन्त्यकथाको शैलीमा सत्यकथा सुनाइन्, ‘बुवा आइहाल्नु हुन्छ कि भनेर छोरा छोरी हेर्न लगाएर जोत्न थालेकी हुँ । सुरुमा त हलो जुवा कसरी बनाउने त्यही गाह्रो भयो, बल्ल बल्ल त्यो पनि सिकें । त्यसपछि भतिजाको धम्की देखाएर जोत्न थालेँ । मेरो जग्गा कब्जा गर्ने उसको सपना तुहाइदिएँ ।’
निरन्तर ५ वर्षसम्म उनले निरन्तर हलो जोतेर आफैँ अन्न रोपिन् । उनकै सिको गर्दै श्रीमान साथमा नभएका ५ सय महिलाले बझाङमा हलो जोते । उनले महिलाले हलो जोत्नु हुँदैन भन्ने अन्धविश्वासलाई तोडेरै छाडिन् ।
महिलाले पुरुषसरह काम गर्न सक्ने देखाउन सकेकोमा उनी अहिले गर्व गर्छिन् । कविता पौडेलले २०२९ सालमै हलो जोतेर त्यो बेलाको समाजमा विद्रोह गरेकी थिइन् । गंगुदेवीले पनि त्यसका एक दशकपछि सुदूपश्चिममा हलो जोतेर विद्रोह गरिन् ।
अनि सुरु भयो समाजसेवा
हलो समाउँदा समाउँदै उनी उनी समाज सेवा लागिन । अहिले उनी महिलाहरुको प्रेरणाको स्रोत बनेकी छन् । अहिले उनले हिजो अपहेलित गर्ने त्यही समाजबाट सम्मान पाएकी छन् । सबैले अहिले गंगुदेवी जस्तो हुनुपर्छ भन्ने गरेका छन् ।
उनले गाउँमा संघर्ष गर्दै एक छोरा र एक छोरी हुकाईन । भारतमा काम गर्न गएका पतिलाई १४ वर्षपछि बोलाइन् । यही वर्ष गंगुदेवीका श्रीमानको मृत्यु भएको छ । अहिले उनी ५ नातिनीकी हजुरआमा भइसकेकी छन् ।
अहिले गाउँकै नेतृ
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट गंगुदेवी बझाङको थलारा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् । अहिले गंगुदेवी गाउँको विकास लागेकी छन् । गाउँमा कृषिको विकासलाई जोड दिएको उनी बताउँछिन् ।
थलारा गाउँपालिकालमा २० हजार स्याउ, ५० हजार अलैची, १० हजार अनार र १० हजार आरुका विरुवा वितरण गरेको उनले जानकारी दिइन् । गंगुदेवीको अगुवाईमा महिलाका लागि अचार र गुन्द्रुक बनाउन अनुदान उपलब्ध गराइएको छ ।
बझाङमा रुढिवादी परम्परा धेरै कम भएको छ । आफ्नो गाउँपालिकामा अहिले महिलामाथि हिंसा नहुने गरेको उनले दाबी गरिन् । अहिले थलारामा छाउ बस्ने महिलाको संख्या पनि न्यून छ । ‘हाम्रो गाउँमा कोही छाउपडि बस्दैनन्, कसैले मेरो आँखा छलेर बस्छ खोज्छन्’, उनले भनिन्, ‘मेरो गाउँपालिकामा कोही झगडा समेत गर्दैनन् ।’ उनी अहिले छाउपडी अन्त्य गर्ने अभियानमा होमिएकी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: