Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चुनवाङ बैठकमा प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा

\"\"काठमाडाैं । पतिको शहादत भएको भर्खर तीन महिना पुगेको थियो। काखमा १४ महिनाकी अबोध छोरी ‘दिप्ती’। एक्काइस वर्षमै जीवनसाथी गुमाउँदाको असीम पीडा तर पनि शोकलाई शक्तिमा बदल्ने दरिलो साहस पलायो बागलुङकि ३३ वर्षीया दिलमाया रोका ‘दीपा’लाई। त्यसैले अहिले उनलाई प्रदेशसभा सदस्य समेत हुन पाउने अवसर मिल्यो। अाजको अन्नपूर्णमा खबर छ-चौध वर्षअघिको त्यो दिन भएको कार्यक्रम फर्केर हेर्दा संघर्षका गाथासँग सम्बन्धित रोकाको प्रस्तुतिले नेतृत्व तहका पदाधिकारीलाई प्रभावित बनायो, जुनबेला तत्कालीन नेकपा माओवादीको ऐतिहासिक चुनुवाङ बैठक आयोजना हुुनुअघि अखिल नेपाल जनसांस्कृतिक संघले ‘युद्ध मैदानबाट फर्किंदा’ नामक ‘अपेरा’ प्रस्तुत गरिरहेको थियो। कथाले मागेअनुसार अपेरामा दिलमायाको अभिनय सुरु भयो। पिठ्यूँमा १४ महिनाकी कलिली छोरी, मुक्ति युद्धमा जीवनसाथी गुमाएको भर्खर तीन महिना पुगेको अवस्थामा पनि जोशका साथ उनको जीवन्त अभिनयले बैठकमा सहभागी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराईलगायत सबैलाई भावविह्वल बनायो। ‘जित्नैपर्छ यो अन्तिम लडाइँ तिमीले लडेर, चुहिएका छानोहरु, टुहुरा यी सन्तानहरु बसेका छन् नयाँ दिन पर्खेर’ पाश्र्वमा गीत बजिरह्यो, नेताहरु भावुकमात्र बनेनन् भक्कानिए पनि। [caption id=\"attachment_173655\" align=\"alignleft\" width=\"750\"]\"\" दिपा राइ[/caption] विसं २०६१ चैत २५ गते रुकुमको खारा भिडन्तमा रोकाका पति चित्रबहादुर घर्ती ‘चिरण’ले शहादत प्राप्त गरेका थिए। “मुक्तिका लागि सँगै लडाइँमा हिँडेको जीवनसाथी गुमाउँदाको पीडा मसँग थियो”, रोकाले विगत सम्झदै भनिन्, “बैठकमा देखाइएको अपेरा मेरै यथार्थ कथा जस्तो बन्यो।” चुनुवाङ बैठकमा प्रचण्डलगायतका नेताहरु रोएको विषयले अहिले पनि उत्तिकै चर्चा पाएको छ सशस्त्र संघर्षका योद्धाको क्षतिले निराश बनेको पार्टी र नेतृत्वलाई झकझक्याउने कथा थियो अपेरामा। सहिद परिवारको भूमिकामा आफ्नै सत्य घटनालाई अपेरामा प्रस्तुत गर्दा नेताहरु उद्वेलित भएको रोकाको भनाइ छ। “बैठक सकिएपछि अध्यक्षलगायतले मलाई ढाडस दिनुभयो, त्यो मेरा लागि अमूल्य क्षण थियो”, रोकाले भनिन्। आफ्नो अभिनय कलाबाट सबैलाई प्रभावित पार्न सक्ने रोका गीत गाउनुका साथै नाच्ने र र बजाउने पनि गर्थिन्। राजनीतिक जीवनकालमा अधिकांश समय सांस्कृतिक फाँटमै बिताउनुभएकी रोकाको यात्राले अहिले भने नयाँ मोड लिएको छ। भर्खरमात्र प्रदेशसभा सदस्यको शपथ लिएकी रोकाको कलायात्रा अब प्रदेशसभाको बैठक तिर डोरिएको छ। समानुपातिकतर्फबाट नेकपा (माओवादी केन्द्र) ले रोकालाई प्रदेशसभामा चयन गरेको हो। बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा २०४१ सालमा जन्मनुभएकी रोकाको २०५४ सालदेखिको राजनीतिक यात्रा अहिले एउटा गन्तव्यमा पुगेको छ। सांस्कृतिक फाँट, महिला, विद्यार्थी हुँदै पार्टी संगठनमा पनि क्रियाशील बन्नुभएकी रोकाले पार्टी अध्यक्ष र पार्टीले नबिर्सिएकामा खुशी व्यक्त गर्दै भनिन्, “दुःख, संघर्ष झेल्दै आन्दोलनमा लागियो, परिवारजन गुमाए पनि अहिले आएर पार्टीले सम्मान गरेजस्तो लागेकाले अझ राम्रो गरेर देखाउने सोच छ।” विसं २०५६ मा पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडेकी रोकासँग प्रतिरोध सांस्कृतिक परिवार, सामाना सांस्कृतिक परिवारलगायतका सांस्कृतिक फाँटमा काम गरेको अनुभव छ। उनी विश्वास सांस्कृतिक परिवारमार्फत धवलागिरि जनजागरण अभियानमा पनि सक्रिय थिइन्। “सांस्कृतिक फाँटसँगै पार्टीको पनि जिम्मेवार सदस्य भएर हामी हिँड्थ्यौ”, रोकाले बिगत संझदै भनिन्, “कतिपय ठाउँका भिडन्तमा पनि संलग्न भएँ, त्यो संघर्षले हामीलाई उत्साह दिन्थ्यो।” युद्धकै क्रममा रोकाको २०५८ सालमा आफ्नै गाउँ अर्गलकै चित्रबहादुर घर्ती ‘चिरण’सँग विवाह भएको थियो। विवाह भएको तीन वर्षमै जीवनसाथी गुमाएकी रोकाले आन्दोलनकै सिलसिलामा बागलुङको गलकोट नगरपालिका–७ मल्मका कर्ण परियार ‘विद्रोही’सँग विवाह गरिन्। दोस्रो विवाहपछि रोकाका नौ वर्षीय छोरा दिप्शन र सात वर्षीया छोरी स्नेहा छन्। परियार पनि नेकपा माओवादीको सांस्कृतिक फाँटमै क्रियाशील कलाकार हुन्। सामाना परिवारको केन्द्रीय कलाकार परियारले पनि चुनुवाङ बैठकमा वाद्यवादक र गायकको भूमिका निर्बाह गरेका थिए। सांस्कृतिक आन्दोलनकै क्रममा उनीहरूबीच २०६४ चैतमा पुनः विवाह भएको थियो। कक्षा ५ मै विद्यालय छाडेर आन्दोलनमा लागेकी रोकाले २०६७ मा एसएलसी र त्यसपछि व्यवस्थापन विषयमा कक्षा १२ सम्म बढेकी छिन्। “हामी पहिले पनि श्रमजीवी वर्गको हितका लागि आन्दोलनमा लागेका हौँ”, रोकाले भनिन्, “मसँगै अर्को कुनै स्वार्थ छैन, सबै चिज जीवनमा भोगियो, बाँकी समय शहीद, घाइते, अपाङ्ग र श्रमजीवी वर्गको हितमा लगाउँछु।” उहाँले प्रदेशसभा सदस्यको भूमिकामा रहँदासम्म देश र नागरिकप्रति जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। अपेरा ‘युद्ध मैदानबाट फर्किंदा’ का प्रमुख कलाकार एवं पूर्व सासंद खुशीराम पाख्रिनको गत मंसिरमा गीत गाउँदागाउँदै निधन भएको थियो। कला क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई पनि पार्टीले अवसर दिएकामा कतिपयले खुशी व्यक्त गरेका छन्। रोकाले आफूलाई प्रदेशसभा सदस्यमा सिफारिस गर्ने जिल्ला पाटीप्रति खुशी व्यक्त गर्दै चित्त बुझ्दो काम गरेर देखाउने प्रण गरेकी छिन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies