Khabar Dabali Logo
  October 20, Tue

बस नदीमा खस्दा ४५ को जनाकाे मृत्यु

नयाँदिल्ली। भारतको पश्चिमी राज्य वेस्ट बङ्गालमा बस दुर्घटनामा परी मृत्यु हुने सङ्ख्या ४५ पुगेको छ । प्रान्तीय राजधानी कोलकताबाट २२० किलोमिटर टाढा रहेको मुर्सिदाबाद जिल्लामा अवस्थित पुरानो पुल पारगर्ने क्रममा उक्त बस नदीमा खसेको थियो ।

दुर्घटनाग्रस्त बसमा रहेका थप १० को शव नदीबाट निकालिएकाे अधिकारीहरुले जानकारी दिएका छन् । बसमा करिब ५० यात्रु सवार रहेका र जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि चालकले नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चालकले अर्को सवारी साधनसँग ठोक्किनबाट बचाउन खोज्दा अकस्मात नियन्त्रण गुमाएर बस पुलको बारमा ठोक्किएर तल खसेको हाे । यस दुर्घटनामा परी महिला र बालबालिकासहित ४५ को मृत्यु भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र सो राज्यका मुख्यमन्त्री ममता बनर्जीले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भारतीय सरकारले मृतकका प्रत्येक परिवारलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । भारत विश्वको तुलनामा बढी सडक दुर्घटना हुने देशमा पर्दछ । मर्मत नगरिएको सडक, चालकको लापरबाही र ट्राफिक नियमको उल्लङ्घन भारतमा सडक दुर्घटनाको प्रमुख कारण हुने गरेको अधिकारीहरु बताउँछन् ।

माघ १६ गते, २०७४ - १७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top