Khabar Dabali Logo
  October 20, Tue

शहीदढोकामा माल्यार्पण

काठमाडौँ । जहानियाँ राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा मृत्युदण्ड पाएका शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको योगदान स्मरण गर्दै शालिकमा माल्यार्पण गरिएको छ ।

योगी नरहरिनाथ आध्यात्मिक परिषद्को अगुवाइमा भएको कार्यक्रममा सहभागी वक्ताले मुलुक र जनताको हितका खातिर बलिदान दिएका शहीदप्रति राज्यका तर्फबाट योगदानको कदर मात्र नभई शहीदढोकाको समेत सरक्षण हुन नसकेको गुनासो गरे ।

परिषद्का अध्यक्ष शंकर पौडेलले शहीदगेटको संरक्षण हुनुपर्ने बताए । शहीदको बलिदानीपछि प्राप्त प्रजातन्त्रको असल अभ्यास नहुँदा देशले ठूलो राजनीतिक उतारचढाव व्यहोर्नु परेको उल्लेख गर्दै उनले प्रजातन्त्रकै बलमा जनताका धेरै छोराछोरी मन्त्री, प्रधानमन्त्री भइसक्दा पनि शहीदको भावनाको सम्मान हुन नसकेको आलोचना गरे ।

अन्य वक्ताले राणाशासनविरुद्ध बलिदान दिने शहीदको भावनालाई सरकारले शिरमा राख्नुपर्ने तथा अरुले पनि उनीहरुलाई बिर्सन नहुने धारणा व्यक्त गरे । राज्यका तर्फबाट शहीदढोकामा औपचारिक कार्यक्रम हुनुपर्छ भनी दवाव दिँदै प्रत्येक वर्ष माघ १६ गते त्यहाँ विभिन्न संघसंस्थाबाट श्रद्धाञ्जलि र माल्यार्पण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

विसं २०१८ देखि २०६३ सालसम्म विश्वका २०० भन्दा बढी राष्ट्र प्रमुख एवं सरकार प्रमुखबाट पुष्पहार अर्पण र माल्यार्पण गरेको ऐतिहासिकस्थलको राज्यबाट विशेष रुपमा संरक्षण हुनुपर्ने माग माल्यार्पण गर्न पुगेका व्यक्तिहरुले गरे ।

माघ १६ गते, २०७४ - १४:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top