Khabar Dabali Logo
  October 27, Tue

बर्दियामा पाँच वर्षयता ६९६ जना कुष्ठरोगी

गुलरिया । बर्दियामा पाँच वर्षभित्र कुष्ठरोगका नयाँ बिरामी ६९६ जना फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज जंग शाहले जानकारी दिनुभएको छ ।

उनले ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ आँै विश्व कुष्ठरोग दिवशका अवसरमा पत्रकारसँगको अन्तक्र्रियामा सो जानकारी दिए । उनका अनुसार गतवर्ष कुष्ठरोगी बढेका थिए औषधि खानेमा तीन हजार २१५ जना थिए भने यस वर्ष दुई हजार ६२६ जना उपचार लिने बिरामी छन् ।

पहिलेको तुलनामा बिरामी घट्दै छन् यस वर्षको पहिलो चौमासिकमा २७ जना बिरामी पत्ता लागेका र सबैभन्दा बढी गुलरिया नगरपालिकामा रहेको उनले बताए ।

निःशुल्क उपचारका लागि सिफारिश 

यसैबीच, बर्दियाबाट क्यान्सर रोगीलाई २०६८ देखि २०७४ सालसम्म ४५८ जनालाई निःशुल्क उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयले सिफारिश गरेको शाहले बताए ।

त्यसैगरी सिकलशेल रोगका बिरामी ३८२ लाई, २२८ मुटुरोगकालाई, १५१ जना मिर्गौला रोगका बिरामी, १३ जना स्पाइनल इजुरी, एकजना हेडइन्जुरी गरी जम्मा ६१० जना महिला र ६२३ जना पुरुष समेत जम्मा एक हजार २३३ जनालाई निःशुल्क उपचारको लागि सिफारिश गरी पठाएको जानकारी दिए ।

यस्तै, निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ५४८ जनाले सेवा पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्यअनुसार ८०० लाई बन्ध्याकरण गर्नुपर्नेमा अबको १० दिनभित्रमा लक्ष्य पूरा हुनसक्ने सूचना अधिकृत कृष्णगोपाल चौधरीले जानकारी दिए ।

उनका अनुसार स्थायी बन्ध्याकरण गर्नेमा महिला ९३ प्रतिशत छन् भने पुरुष सात प्रतिशत मात्र छन् । पुरुषले रोजगारीको सिलसिलामा घरबाट बाहिर जानुपर्ने भएकाले कमजोर शरीर हुने भएको हुँदा उनीहरु बन्ध्याकरण गर्न नमान्ने चौधरीको भनाइ । रासस

माघ १६ गते, २०७४ - १०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top