Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकारले मगायो तर किनेन् जस्तापाता

\"\"काठमाडाैं । सरकारकै निर्देशन अनुसार भूकम्पपछिको पुनर्निर्माणका लागि आयात गरिएको जस्तापाता सरकारले खरिद नगरिदिँदा करोडौँ रूपैयाँ घाटा बेहोर्नुपर्ने भएपछि साल्ट ट्रेडिङ् कर्पोरेशनले बेच्न लागेको बताएको छ ।

भूकम्पका कारण भत्किएका सरकारी भवन निर्माणका लागि मगाइएको भएपनि स्वास्थ्य र शिक्षा मन्त्रालयले किन्न नमानेपछि ती जस्तापाता थन्किएका छन् । भारतबाट ५० हजार बण्डल जस्तापाता किनेकोमा एक बण्डल पनि बेच्न नसकेको कर्पोरेशनले साढे २ वर्षको अवधिमा ऋणको ब्याजका लागि मात्र झण्डै ७ करोड रूपैयाँ घाटा लागेको जनाएको छ । मन्त्रिपरिषद्को निर्देशन अनुसार किनिएको र शुरूमा बजारमा बेच्न अनुमति नदिइएको उक्त जस्तापाता ८० करोड रुपैयाँ बराबरको थियो । तर शिक्षा र स्वास्थ्य मन्त्रालयले किन्न नमानेपछि समस्यामा परेको कर्पोरेशनका सह-महाप्रबन्धक कुमार राजभण्डारीले बताए । उनले भने, \"शिक्षा र स्वास्थ्य मन्त्रालयलाई किनिदिन हामीले पटक-पटक अनुरोध गर्‍यौँ । तर आफ्नै खरिद प्रक्रिया हुने भन्दै उनीहरू किन्न मानेनन् । न त हामीलाई बाहिर बेच्ने स्वीकृति नै दिइयो । जसले गर्दा हामी घाटामा जान बाध्य भयौँ ।\" कर्पोरेशनले पटक-पटक बेच्नका लागि गरेको अनुरोध सम्बन्धित मन्त्रालयले अस्वीकार गरेपछि आपूर्ति मन्त्रालयको पहलमा साढे २ वर्षपछि उक्त जस्तापाता बजारमा बेच्न सरकारले स्वीकृति दिएको कर्पोरेशनले जनाएको छ । तर राम्रो गुणस्तरको जस्तापाता बेच्दा लाग्न सक्ने घाटा सरकारले बेहोर्ने वाचा गरेको कर्पोरेशनका सह-महाप्रबन्धक राजभण्डारीले बताए ।आपूर्तिमन्त्री जयन्त चन्दले पनि कर्पोरेशनलाई अन्यायमा नपार्न पहल गर्ने बताए । उनले भने, \"जस्तापाताको रकम पनि ठूलो भयो र समय पनि धेरै नै बितिसकेको छ। उनीहरूले जे गर्दैछन् त्यो ठिक छ । त्यसमा घाटा भएमा मन्त्रालयले क्षतिपूर्ति दिन सकारात्मक रूपमा अगाडि बढ्छ ।\" सरकारको २१.५ प्रतिशत लगानी भएको साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक निजी साझेदारी कम्पनी हो । भूकम्पका बेला कर्पोरेशनलले त्रिपाल पनि खरिद गरेर बेचेको थियो । सरकारले नै गरेको निर्णय सरकारी निकायले नै पालना नगर्दा जस्तापाताबाट कर्पोरेशनलाई ठूलो क्षति पुग्न गएकोमा कतिपयले सरकारको आलोचना गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies