Khabar Dabali Logo
  October 31, Sat

ट्रम्पको दबाबपछि एफबीआईका उपनिर्देशकले दिए राजीनामा

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) का उपनिर्देशक एन्ड्रयु मकेबले दुई महिना लामो बिदा लिंदै आफ्नो जिम्मेवारी छाडेको समाचारहरुमा जनाइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मकेबमाथि राजनीतिक पूर्वाग्रहको आरोप लगाएका थिए ।

सिबिएस न्युजले आउँदो मार्च महिनामा कार्यकाल समाप्त हुनलागेका मकेबलाई पद छाड्न वाध्य पारिएको जनाएको छ ।

राष्ट्रपति ट्रम्पले एक साता अघि नै मकेबलाई पद छाड्न भनेको पनि बताइएको छ ।

राष्ट्रपति ट्रम्पले गत मे महिनामा एफबिआइका तत्कालिन निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेपछि मकेबले केही समय कार्यवाहक निर्देशकको रुपमा पनि काम गरेका थिए ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरुबारे छानबिन गरिरहेको बेला ट्रम्पले कोमीलाई पदबाट बर्खास्त गरेका थिए ।

राष्ट्रपति ट्रम्पले रुसी हस्तक्षेप सम्बन्धी आरोपहरुको सधैं खण्डन गर्ने गरेका छन् ।

उनले एक ट्वीट गर्दै मकेब कोमीको साथी भएको आरोप पनि लगाएका थिए ।

मकेबकी श्रीमती डा. जील मकेबले भर्जिनिया राज्यमा डेमोक्रयाट पार्टीको तर्फबाट अमेरिकी सिनेटको चुनाव लडेकी थिइन् ।

गत साता द वाशिङटन पोष्ट समाचारपत्रले अमेरिकी राष्ट्रपतिको कार्यालयमा चिनजान गर्न डाकिएको एक बैठकमा राष्ट्रपति ट्रम्पले मकेबलाई सन् २०१६ को चुनावमा उनले कसलाई भोट हालेका थिए भनी सोधेको वर्तमान तथा भूतपूर्व अधिकारीहरुले जनाएको उद्धृत गरेको थियो ।

उनले आफुले कसैलाई पनि मतदान नगरेको भन्ने जवाफ दिएको पनि समाचारमा जनाइएको थियो ।

गत जुलाई महिनामा एक ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, “समस्या के हो भने एफबिआइका कार्यवाहक निर्देशक एन्ड्रयु मकेबले हिलरी क्लिन्टनबाट आफ्नी श्रीमतीकालागि सात लाख डलर सहायता लिएका थिए ।”

ती आरोपहरुबारे मकेबले सार्वजनिकरुपमा कुनै टिप्पणी गरेका थिएनन् ।

संवाददाताहरु भन्छन्, राष्ट्रपति ट्रम्पमाथि कार्यकाल सकिन झण्डै दुई महिनामात्रै बाँकी रहेका एक वरिष्ठ अधिकारीलाई पद छाड्न वाध्य पारेको आरोप लाग्नसक्छ ।

मकेब आफ्नो पदावधि नसकिंदासम्मकालागि बिदामा बसेको पनि समाचारहरुमा जनाइएको छ ।

माघ १६ गते, २०७४ - ०७:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top