Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन

\"\"काठमाडाैं । केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन । उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाइएको हो।कात्तिक २४ गते काठमाडौंमा सम्पन्न  नेपाल–चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेइजिङमा बस्ने समझदारी भएको थियो । तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न सकेको छैन । आजको नागरिकमा खबर छ-‘दुई देशका अधिकारीबीच दोस्रो चरणको बैठक डिसेम्बरमा बेइजिङमा गर्ने मौखिक सहमति भएको थियो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले भने, ‘आजसम्म बस्न सकेको छैन।’ उनका अनुसार पहिलो बैठक नेपालले आयोजना गरेकाले दोस्रो चरणको बैठक चीनले गर्ने सहमति भएको थियो। चिनियाँ टोली फर्किएको साढे दुई महिना बितेको छ। केही समयअघि परराष्ट्र मन्त्रालयले बेल्ट एन्ड रोड इनिसेटिभका लागि योजना माग गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव गर्न परराष्ट्रमा योजना सिफारिस गरेको प्रवक्ता शर्माले जानकारी दिए। चीनको महत्वपूर्ण परियोजनामा केरुङ–काठमाडौं रेलमार्ग प्रस्ताव गर्न भनिए पनि परराष्ट्रबाट त्यो हुन सकेको छैन। चीनले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली इन्जिनियरलाई तालिम दिने प्रतिबद्धतासमेत जनाएको थियो। सरकारले चीनले प्रस्ताव गरेको तालिमको अवसर पनि उपभोग गर्न सकेको छैन। नेपाल भ्रमणमा आएको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेल मार्ग स्थलगत अध्ययन गरेका थिए। चिनियाँ टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै फर्किएको थियो। नेपाल सरकारकै कमजोरीका कारण काम अगाडि बढ्न नसकेको मन्त्रालय र रेल विभागका अधिकारीको बुझाइ छ।उक्त परियोजना अगाडि बढाउने जिम्मा नेपाल सरकारको रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनयर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए। ‘चिनियाँ टोली ग्रिन सिग्नल दिएर फर्किएको छ,’ उपाध्यायले भने, ‘अब नेपाल सरकारको जिम्मेवारीमा यो सबै निर्भर गर्छ।’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला चीनतर्फको रेलमार्गबारे केही कुरा अगाडि बढेको थियो। यसबारे  त्यसपछिका सरकारले कुनै चासो देखाएका छैनन्। चीनले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणताका उक्त रेलमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। महरा चिनियाँ अधिकारीलाई नेपालमा रेलमार्ग अध्ययन गर्न अनुरोधसहित फर्केका थिए।ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले रेलमार्ग बनाउने विषयमा फाइल अगाडि बढाएनन्। कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली स्थलगत अध्ययनमा आएको थियो। टोलीमा संसारकै अग्लो स्थान तिब्बतमा रेलमार्ग बनाएको कम्पनीका इन्जिनियर र प्राविधिक पनि थिए। संसारकै अप्ठ्यारो स्थानमा रेल गुडाउन सफल समूहले केरुङ–काठमाडौं रेलमार्ग पनि बनाउन सक्ने विश्वास दुवै पक्षको छ। झन्डै २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त रेलमार्गमा अधिकांश पुल र सुरुङ हुने प्रारम्भिक अध्ययन छ। प्रतिघन्टा १२० किलोमिटर दौडने काठमाडौं–केरुङ रेलमार्गमा ८० देखि ९० प्रतिशत पुल र सुरुङ हुने अनुमान छ।चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies