Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दैनिक १४ घण्टा लोडसेडिङ हुने

\"\"काठमाडाैं । जुम्लाको खलंगा दैनिक १४ घण्टा लोडसेडिङ भाेग्न बाध्य छ । साना जलविद्युत उपभोक्ता समितिद्धारा सप्लाई भइरहेको विद्युत उत्पादनमा कमी भएपछि सदरमुकाम आसपास र चन्दननाथ नगरपालिकाभर लोडसेडिङ भइरहेको छ । साना जलविद्युतबाट उत्पादित जुगाड खोलामा पानीको बहाब घट्दै गएपछि विद्युत उत्पादन घटेको समितिले जनाएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-खोलामा पानीको बहाब घट्नुका साथै घुघुतीमा उत्पादित विद्युतको पावर हाउसको मेसिन जिर्ण भएपछि विद्युत उत्पादनमा समस्या भएकाले दैनिक १४ घण्टा लोडसेडिङ गर्न बाध्य भएको समितिका इन्चार्ज हर्कबहादुर बोहोराले बताए । ‘खोलामा पानीको बहाब घट्दै गएको छ, भएका मेसिन पनि पुराना छन्, २ सय किलोवाट क्षमताको विद्युत अहिले १ सय ३५ किलोवाट मात्र उत्पादन हुन्छ, त्यसैले लोडसेडिङ बढेको हो ।’ उनले भने,‘जुगाड खोलाको पानीको बहाब र साउन–भदौको वर्षादको समय तथा पुस, माघको हिँउदे मौसममा भएको लोडसेडिङको दरलाई हेर्ने हो भने चैत, बैशाखको सुख्खा खडेरी महिनामा विद्युत् उत्पादन शून्यमा झर्ने सम्भावना निकै कम छ ।’ सदरमुकामसँग जोडिएको साविकको चन्दननाथ गाविसलाई केन्द्रीत गरी ५ सय घरधुरीका लागि २०४० सालमा विधुत् सञ्चालन भएको थियो । झण्डै पाँच दशक पहिले सो लागि उत्पादित विद्युत अहिले २ हजार ७ सय घरधुरीले लाइन जडान गरेका छन् । यसरी विद्युतकाे भारले थाम्न नसक्ने गरी ग्राहाक बढेपछि बैकल्पिक विद्युतको खोजी गर्न समिति र सरोकारवाला निकाय मौन बसेको छ । ‘नयाँ मेसिन खरीद भन्दा पुरानै सेसिनलाई टालटुल पारेर लाखौँ रकम खर्च गरिन्छ । तर भने जस्तो विजुली बाल्न पाईदैन’ विजुली नबालेरै महशुल तिछौँ चन्दननाथ नगरपालिका ७ का कालीबहादुर नेपालीले दैनिक १४ घण्टा लोडसेडिङ भएकाले विद्युत आाउने र जानेको टुंगो नभएको दुखेसो गरे । उनले बत्ती नबाली पैसा तिरिरहनु परेको बताए । उनले भने,‘बेकारमा हाम्रो पैसा खेर गइरहेको छ । बैकल्पिक उर्जा सोलार अर्थात् दियालोको जोहो गर्ने परम्परागत समस्या टरेकै छैन ।’ लोडसेडिङको मारमा विद्यार्थी विशेष गरी यतिखेर सदरमुकाममा एसइइ परीक्षा र अन्य अतिरिक्त शिक्षा तयारीका लागि आएका हजारौँ विद्यार्थी लोडसेडिङको मुख्य मारमा परेका छन् । उद्योगकलकारखाना सञ्चालनमा सकस भएको छ । लोडसेडिङले अध्ययन कार्य प्रभावित भएको तातोपानी २ का विद्यार्थी दशरथ चनाराले बताए । उनले भने,‘एसइइ परीक्षा तयारीका लागि सदरमुकाम आएको छु, तर यहाँ लोडसेडिङले हैरान दिएको छ ।’ यता बढ्दो लोडसेडिङले कार्यालयको सेवा प्रवाहमा समस्या परेको चन्दनाथ नगरपालिकाका नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपाने बताए । उनले भने,‘विद्युतको भरै छैन, कार्यालयको कार्य सम्पादनमा सहज होस भनेर बैकल्पिक उर्जा सोलारको व्यवस्था गरेका छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies