Khabar Dabali Logo
  October 28, Wed

एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै

फाइल फाेटाे

काठमाडाैं । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको हो ।

आजको अन्नपूर्णमा खबर छ-१७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि यो बिन्दुमा आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको पदीय व्यवस्थापन पेचिलो बन्दै गएको छ। एक माओवादी शीर्षस्थ नेताका भनाइमा, ‘दुई पार्टी एकता अहिले एकीकृत पार्टीको अध्यक्षमा आएर अड्किएको छ ।’

नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीले लिन खोज्दा एकतामा ढिलाइ हुन पुगेको माओवादीको भनाइ छ। एमालेले यो विषयमा अझै निष्कर्षमा पुगिनसकेको बताएको छ। एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नेतृत्वले भित्री तहमा गरेका छलफलबारे प्रस्ट थाहा नपाएर कतिपय नेताले फरक खाले विचार प्रवाह गरिरहनुभएको छ, यथार्थ त्यस्तो होइन।’ उनले अन्तिम घडीमा विभिन्न खाले चिन्ता र रस्साकस्सी चल्नु अनौठो नभएको भन्दै त्यसलाई एकतामै अप्ठ्यारो पर्न लागेको अर्थमा बुझ्न नहुने बताएका छन्।

आ आफ्नै चासो

दाहाल पार्टी अध्यक्ष आफूले नपाएसम्म एकीकरणमा जान चाहेका छैनन्। ओली सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष दिने तर अहिले आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राख्ने कोसिसमा छन्। ओलीले दाहालसँगको एक्ला एक्लै छलफलका क्रममा सीधै अध्यक्ष दाहाललाई दिन नसकिने भनेर मुख भने नखोलेको एमाले स्रोतको दाबी छ।

यद्यपि, उनले आफू नबोले पनि आफूनिकट नेताहरूमार्फत पार्टी अध्यक्ष तत्काल दाहाललाई दिन नसकिने सन्देश भने प्रवाहित गरिरहेका छन्। माओवादी भने एकताको सन्देश प्रवाह गर्नकै लागि भए पनि ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष दिनुपर्ने अडानमा छ।

‘हाम्रो बटमलाइन पार्टी अध्यक्ष र प्रधानमन्त्री दुई पार्टीका अध्यक्षहरूले भागबन्डाका आधारमा गर्ने भन्ने नै हो’, माओवादीका ती नेताले भने, ‘चुनावको जनादेशका आधारमा ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टी अध्यक्ष हुने गरी पार्टी एकता गर्ने कुरा माओवादीको हो।’

माओवादी नेताहरूको भनाइ मान्ने हो भने, चुनावी गठबन्धन निर्माणकै बेला निर्वाचनपछि सरकारको नेतृत्व ओली र एकीकृत पार्टी अध्यक्ष दाहाल बन्ने गरी अढाई वर्षमा दुवैतिरको नेतृत्व आलोपालो गर्ने गरी ७ बुँदे सहमति दुई पार्टीका शीर्ष तहमा भएको थियो। तर, त्यो सहमतिअनुसार एकीकृत पार्टी अध्यक्ष पनि ओली आफैंले छाड्न नचाहेका कारण एकतामा ढिलाइ हुन पुगेको हो।

दुई अध्यक्षबीच शुक्रबार र आइतबार भएको एक्लाएक्लै छलफलमा पनि निष्कर्ष पाउने गरी कुराकानी हुन नसकेको माओवादी नेताहरूको बुझाइ छ। ‘दुई अध्यक्षको पदीय व्यवस्थापन र ‘जबज’ को विषयले एकता प्रक्रिया अप्ठ्यारोमा पर्न थालेको देखिन्छ,’ माओवादीका ती नेताले भने। एमालेले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्षसम्म अहिले आफैंले लिन चाहेको छ। अझ उसले व्यवस्थापिका संसद् (प्रतिनिधिसभा) को सभामुखमा पनि दाबी गर्न थालेपछि माओवादी हच्किएको हो तर एमालेले भने यी सबै विषयमा छलफल भइनसकेको बताएको छ।

‘भागबन्डाको विषय अहिले नै सबै छलफलका क्रममा आइसकेको छैन’, एमालेका अर्का नेताले भने, ‘अझै छलफल दुई अध्यक्षबीच जारी छ। विभिन्न विकल्पमा बहस भइरहेको छ।’

फेरि उठ्यो जबजको विषय

स्रोतका अनुसार एमाले माओवादी पार्टी एकतामा दुवै पार्टीले अँगाल्दै आएका मार्गनिर्देशक सिद्धान्तको विषयलाई तगारो नबनाउने सहमति थियो। पार्टी एकताको सैद्धान्तिक सहमति गर्दा नै दुवै पार्टीले अँगाल्दै आएका जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई एकताको महाधिवेशनसम्म छलफलमा लैजाने र महाधिवेशनबाट टुंगो लगाउने सहमति थियो। तर, अहिले एमालेले जबज छाडेर महाधिवेशनमा जान नसकिने बताउन थालेको छ।

आइतबार ओली दाहालबीचको झन्डै पाँच घण्टा लामो संवादका क्रममा पनि ओलीले जबजलाई अहिले नै कुनै न कुनै रूपमा स्वीकार गरेरै पार्टी एकताको वैचारिक राजनीतिक आधार तयार पार्नुपर्ने तर्क राखेका थिए। ओलीसँगको भेटपछि दाहालले आफूनिकट नेताहरूलाई गरेको बिफ्रिङमा एमालेले ‘जबज’ लाई महाधिवेशनमा लैजानेभन्दा पनि पहिले नै आधार बनाउने कुरा ल्याएको बताएका थिए।

दाहालको ब्रिफिङ सुनेका माओवादीका ती शीर्ष नेताले थपे, ‘सिद्धान्तको आवरणमा अहिले एमाले नेताहरू पार्टी एकतामा अप्ठ्यारो ल्याउन खोज्दै छन्।’ एमाले नेताहरूका पछिल्ला अभिव्यक्तिबाट माओवादी संशकित बनेका छन्।

सरकार गठनलाई पहिले एमाले नेताहरूले जोड लगाउन थालेपछि माओवादी नेताहरू संशकित हुन थालेका हुन्। ‘उहाँहरू पहिले सरकार बनाइहालौं, एकता हेर्दै जाउँला भन्नेमा देखिनुहुन्छ’, माओवादी नेताले भने।

ओली पक्ष अहिले दाहाललाई अध्यक्ष दिनै चाहँदैनन्। दाहाललाई अध्यक्ष दिँदा आफ्नै पार्टीभित्रका माधव नेपाल, वामदेव गौतम समूहसँग मिलेर दाहालले आफ्नो पक्षलाई अल्पमतमा पार्ने हुन् कि भन्ने संशयमा ओली देखिन्छन्। उता, दाहाल पनि अध्यक्ष छाडेर एकतामा जाँदा आफू कहिल्यै नेतृत्वमा आउन नसक्ने बुझाइमा देखिन्छन्। यो जटिलता बुझे पनि दुवै पार्टी अध्यक्ष एकता प्रक्रिया बाहिर भने गइसकेका छैनन्।

‘ओली दाहाल दुवैलाई एकता प्रक्रियाबाट भाग्ने छुट छैन’, माओवादीका ती नेताले भने, ‘वातावरण केही बिग्रन खोजेजस्तो देखिएको छ तर जनताकै बीचबाट दुई पार्टी एकता गर्ने सार्वजनिक घोषणा भएकाले पनि एकताबाट भाग्ने अवस्थामा दुवै पार्टी अध्यक्ष देखिनुहुन्न।’

माघ १६ गते, २०७४ - ०६:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top