Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गुपचुप राखिएको माओवादीका यी दुई नेताले दिएको राजीनामा

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई नेताले राजीनामा दिएको कुराले माओवादी हेडक्वार्टरमा खैलाबैला मच्चिएको छ । राजीनामा दिएको तर अहिलेसम्म पनि स्वीकृत नभएकाले पनि यो सूचना बाहिर निस्किएको छैन् । तर खबरडबलीलाई माओवादीका एक नेताले दिएको सूचना अनुसार माओवादीका ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदी र काठमाडौं जिल्लाका इन्चार्ज लेखनाथ न्यौपानेले राजीनामा पार्टी केन्द्रीय कार्यालयमा करिब एक महिनाअघि बुझाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतामा असर हुने मनासयले बाहिर नआएको यो खबर माओवादीले नै गुपचुप नै राखेका छन् । करिब एक महिनाअघि दिएको राजीनामा अहिलेसम्म किन स्वीकृत या अस्वीकृत भएन भन्ने प्रश्नमा माओवादीका एक नेताले खबरडबलीसँग नाम नखुलाउने सर्तमा भने ‘पार्टी एकताका पनि कुरा चलिरहेको छ र अर्कोतिर राष्ट्रियसभा चुनावको पनि आइरहेको छ त्यसैले राजीनामालाई अध्यक्ष प्रचण्डले गुपचुप राख्नु भएको हो ।’ माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव प्रल्हाद बुढाथोकीलाई यसबारे जानकारी लिन खोज्दा उनले आफुलाई जानकारी नभएको बताए । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेश र काठमाडौंबाट राम्रो नतिजा नआएकाले राजीनामा दिएको सुवेदी निकट मानिने एक नेताले खबरडबलीलाई जानकारी दिए । ‘सुवेदीले करिब एक महिनाअघि र न्यौपानेले चुनाव लगत्तै राजीनामा बुझाएका हुन’ ति नेताले खबरडबलीसँग भने । उनीहरुले पार्टीबाट नभई ३ नम्बर प्रदेश संयोजक र काठमाडौं इन्चार्ज पदबाट राजीनामा दिएका हुन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies