Khabar Dabali Logo
  October 20, Tue

सेनाको विश्वविद्यालयमा गोली चल्यो

सांकेतिक फोटो

अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य विश्वविद्यालयमा भारी गोलाबारी र विस्फोट भएको खबरहरू आएका छन्।

मार्सल फहिम विश्वविद्यालयमा सोमबार बिहानै हमला भएको खबरहरू आएका हुन्।

हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स काबुलमा विस्फोट गराउँदा कम्तीमा १ सय जना मारिएको घटनाको केही दिनमै यो अर्को हमला भएको हो।

गत शनिवार एम्बुलेन्स बम आक्रमण हुनु एकसाता अघि पनि काबुलस्थित एक भब्य होटलमा हमला भएको थियो जसमा मारिएका २२ जना मध्ये धेरैजसो विदेशी थिए।

स्थानीय समय अनुसार बिहान ५ बजे भएको हमलामा साना हतियारबाट गोली चलेको सुनिएको छ ।

टोलो समाचार संस्थाका अनुसार सुरक्षा फौजले उक्त क्षेत्रका सबै बाटोहरू बन्द गरेका छन्।

उक्त हमलामा अहिलेसम्म कुनै हताहती भएको खबरहरू आएका छैनन्।

अफगानको सैन्य संस्थाहरूलाई लडाकुहरूले बेलाबेला आफ्नो निसानामा पार्ने गरेका छन्।

सन् २०१७ अक्टोबरमा मार्सल फाहिम सैन्य विश्वविद्यालय बाहिर भएको विस्फोटमा परी १५ सैन्य क्याडेटहरू मारिएका थिए।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयका प्रमुखले लडाकु समूहहरू शहरी क्षेत्रमा सरेकाले आतंकवादविरुद्धका लडाइँको प्रकृति पनि परिवर्तन भएको बताएका छन्।

हालै अफगानिस्तानमा भएका हमलाहरूको जिम्मा इस्लामिक स्टेट र तालिबान समूहले लिएका थिए। बीबीसी

माघ १५ गते, २०७४ - ११:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   

युट्युवले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

वासिङ्टन । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युवले कोरोनाभाइरसका बारेमा भ्रम...   

भक्तपुरमा बासी र कुहिएको मासु बिक्री

भक्तपुर । यहाँ सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाइएको...   
कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

कोरोना संक्रमितले पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top