Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

विश्वकै ठूलो व्यावसायिक क्रिकेट आइपिएलमा छानिए पहिलो नेपाली

\"\"काठमाडाै । नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली बनेका छन् । पाँच सय ७८ जना सम्मिलित सूचीमा सन्दीप २७८औँ स्थानमा थिए । तर, विश्वका चर्चित खेलाडी ‘अनसोल्ड’ रहेको अक्सनमा सन्दीपले भने मौका पाएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडी अक्सन सूचीमा नै परेका थिएनन् । शक्ति गौचनले राजस्थान रोयल्समा ‘ट्रायल’ दिन पाएका थिए । नेपाली यू–१९ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वको ध्यान तान्न सफल सन्दीप दुई वर्षयता नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी हुन् । सन्दीपको बलिङबाट प्रभावित अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले उनलाई अस्ट्रेलियामा अभ्यासको मौका जुराएका थिए । यो मौका सन्दीपले सदुपयोग गर्दा उनी क्लार्कसँग झन् नजिकिएका थिए । २०१६ मा बंगलादेशमा सम्पन्न यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका सन्दीपलाई हङकङको क्लब टी–२० ब्लिट्जले अवसर दिएको थियो, जहाँ उनले टोलीको कप्तानको रूपमा माइकल क्लार्कलाई भेट्टाए । कोलुन कोन्टेजविरुद्ध सानदार प्रदर्शन गरेपछि क्लार्क सन्दीपसँग आकर्षित भएका थिए । क्लार्कले सिड्नीको स्थानीय क्लब वेस्टर्न सुर्बब डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्न लामिछानेलाई सिड्नी बोलाएका थिए । यो प्रतियोगिताले सन्दीप क्लार्कसँगको सम्बन्ध थप आत्मीय बन्यो भने उनले क्लार्कको एकेडेमीमा एक साता अभ्यासको मौकासमेत पाए । क्लार्कले सन्दीप विश्वको उत्कृष्ट बलर भएको ट्विट गर्दै उनी सिड्नीमा रहँदा आफू निकै उत्साहित भएको बताएपछि सन्दीपको चर्चा चुलिएको थियो । क्लार्क मात्र होइन, नेपाली टिममा कन्सल्ट्यान्टका रूपमा आबद्ध भएका भारतीय क्रिकेटका केही हस्ती पनि सन्दीपको प्रशंसक बनेका थिए । यसरी विभिन्न कोणबाट सन्दीपलाई आइपिएल अक्सनमा नाम पठाउन आवश्यक प्रबन्ध भएपछि र अक्सनको सूचीमा समेत परेपछि क्लार्कले सन्दीपलाई राख्नुपर्ने मतसहित अर्को ट्विट गरे । जसले गर्दा ‘अनक्याप्ड’ खेलाडी सन्दीपको सम्भावना बढेको थियो । अस्ट्रेलियाकै पूर्वकप्तानसमेत रहेका रिकी पोन्टिङ प्रशिक्षक रहेको दिल्ली डेयर डेभिल्सले सन्दीपलाई आबद्ध गर्नुको पृष्ठभूमि पनि यही हो । अक्सनका दौरान खेलाडी छनोटमा समेत पोन्टिङको महत्वपूर्ण भूमिका थियो । बेस सेल्सका रूपमा पोन्टिङको दिल्लीले २० लाखमा सन्दीपलाई कबोल गर्दा अन्य कुनै पनि क्लब प्रतिस्पर्धामा उत्रिएनन् । सन्दीप छानिएसँगै क्लार्कले ट्विट गर्न ढिलो गरेनन् । उनले ‘ब्रिलियन्ट न्युज’ भन्दै सन्दीप लामिछानेलाई दिल्लीले किनेको समाचार राख्दै बधाई पनि दिए । चर्चित खेलाडीसँगको अभ्यास पहिलो नेपाली खेलाडीका रूपमा सन्दीपले विश्वका चर्चित खेलाडीसँग अभ्यास गर्ने मौका पाउँदै छन् । कप्तानका रूपमा अस्ट्रेलियालाई दुईपटक विश्वकप दिलाएका रिकी पोन्टिङको प्रशिक्षण पाउँदा लामिछानेले अब समकक्षीका रूपमा टे्न्ट बोल्ट, गौतम गम्भीर, अमित मिश्रा, ग्लेन म्याक्सवेल, कोलिन मुन्द्रो, कागिसो राबाडा, क्रिस मोरिसजस्ता चर्चित स्टारसँग अभ्यासको मौका पाउनेछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies