Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग

\"\"काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको प्रत्याभूति नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम बिँडारीले बताए । १२ बुँदे ककनी घोषणापत्र सार्वजनिक गर्दै शाखाले निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत माग गरेको छ । घोषणापत्रमा बढ्दो महँगीलाई ध्यान राखी कम्तीमा श्रमजीवी पत्रकारलाई प्रतिमहिना न्यूनतम रु ३० हजार तलब व्यवस्था गर्नुपर्ने, सक्रिय पत्रकारिता गर्ने पत्रकारका लागि हरेक सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा निःशुल्क शय्याको व्यवस्था गर्नुपर्नेलगायत माग गरिएको छ । यसैगरी घोषणापत्रमा समानुपातिक विज्ञापन प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन, प्रेस काउन्सिल नेपालले गर्दै आएको पत्रपत्रिकाको वर्गीकरण वैज्ञानिक, परादर्शी र न्यायोचित ढंगले गर्नुपर्ने, नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक वर्षमै वर्गीकरणमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताको लागि विशेष योजना ल्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू नभइन्जेलसम्म लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाइनुका साथै अनलाइन मिडियालाई व्यवस्थित गराई लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गरिनुपर्ने उल्लेख गरिएको छ । बैठकले राजधानी काठमाडौँबाट नजिकै रहेको पर्यटकीय क्षेत्र ककनीको पर्यटन विस्तारका लागि विशेष योजना ल्याउन र आमसञ्चारसम्बन्धी आवासीय तालिम केन्द्र निमार्णका लागि पहल गर्न समेतमाग गरेको महासंघका अतरिक्त क्रियाकलाप प्रमुख श्यामराज पाठकले जानकारी गराए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies