Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तातोपानी नाका बन्द भएपछि रक्तचन्दनको कारोबार बन्द भयो त ?

[caption id=\"attachment_102218\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] बनेपा । बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडेपनि अहिले पनि आम जनतामा जिज्ञासा छ, यसको अवैध कारोबार बन्द भएको हो त ? रक्तचन्दनबारे स्थानीय प्रशासन र प्रहरीको आ–आफ्नै तर्क छ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्रिने रक्तचन्दन अरनिको राजमार्ग हुँदै काठमाडौँं प्रवेश गर्न लाग्दा धेरै पटक प्रहरीले पक्राउ गरेपनि केही वर्षयता यसको अवैध कारोबार भए नभएको बारे प्रहरी समेत अनविज्ञ छ । केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेल लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट रक्तचन्दन बरामत हुनुका साथै तस्कर समेत समातिएका थिए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंम्खडाले सिन्धुपाल्चोकको तातोपानी नाका अवरुद्ध भएको र चीनमा पनि उत्पादन शुरु भएका कारण यसको कारोबार नभएको अनुमान लगाउँछन् । उनी भन्छन्– “सुनको अवैध कारोबार फाट्टफूट्ट सुनिन्छ तर यसको कारोबार सुन्नमा आएको छैन ।” रक्तचन्दनमा धेरै कडाइ भएपछि तस्करले शैलीपरिवर्तन गरेर रक्तचन्दनको तेलको अवैध धन्दा पनि चलाएका थिए । काठमाडौंँमा केही वर्षअघि ९० लिटर रक्तचन्दनको तेलसहित केही व्यक्ति फेला परेपछि तेलको पनि कारोबार भएको कुरा खुलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले चीनको मुख्य नाका तातोपानी बन्द भएका कारण रक्तचन्दको कारोबार नभएको हुनसक्ने आशंका गर्छन् । रक्तचन्दन साइटिस सन्धिको अनुसूची– २ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले व्यापार– व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार– व्यवसायमा पूर्णरुपले प्रतिबन्ध लगाएको छ । सन्धि बमोजिम बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको सोही ठाउँमा पठाउनुपर्ने कानूनी प्रावधान छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी १६ हजार रुपैयाँसम्म पर्छ । रक्तचन्दनको अवैध कारोबार गर्ने व्यक्तिले भारतबाट नै कारोबार गरेका कारण नेपालमा यसको नाम कम सुनिएको जानकारी दिँदै तातोपानी नाका बन्द भएपछि कारोबार नभएको स्थानीय बताउँछन् । नाका केही समय खुल्दा फाट्टफूट्ट कारोबार समेत भएको उल्लेख गर्दै स्थानीय भन्छन्, रसुवा नाकाबाट रक्तचन्दनको कारोबार सम्भव नभएकाले तस्करले भारतबाट नै रक्तचन्दन चीन पठाउँछन् । काभ्रेपलाञ्चोक क्षेत्रबाट केही वर्षअघि झण्डै ९०० किलो अवैध रक्तचन्दन बरामद भएको जिल्ला वन कार्यालयका अधिकृत अर्जुन खड्का बताउँछन् । उनका अनुसार बरामद भएका सबै रक्तचन्दन वन विभागलाई बुझाइएको र रक्तचन्दनको अवैध ओसारपसार सम्बन्धी– ८ वटा मुद्दा दायर भएकोे छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies