Khabar Dabali Logo
  October 26, Mon

अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

सल्यान । कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो ।

परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्त केन्द्रले जनाएको छ ।

ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्न हुँदा सुरक्षित भण्डारणका लागि यस्तो भकारीमा भण्डार गर्न कृषकलाई सिफारिस गरेको राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्रका बाली वैज्ञानिक प्रमोद वाग्लेले जानकारी दिए ।

“हामीले भकारी भण्डारण प्रविधिको विकास गरेर कृषि विकास मन्त्रालय र किसानलगायतलाई जानकारी गराएका छौँ र यो प्रविधि किसानका लागि पनि प्रभावकारी भएको छ ।

यस प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारणभन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन वैज्ञानिक वाग्लेले भन्नुभयो, “यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इँटा प्रयोग गर्नुपर्छ, इँटा सुकिसकेपछि क्रमशः माटोले जोडी आवश्यकताअनुसारको भकारीको आकार निर्माण गर्नुपर्छ ।

सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारीमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने केन्द्रका प्राविधिक खेमराज शर्माले जानकारी दिए । भकारी निर्माण भइसकेपछि बालुवा १० सेन्टिमिटर र अदुवा २५ सेन्टिमिटरले क्रमशः राखी त्यसमाथि १० सेन्टिमिटर बालुवा राखी प्लास्टिकले छोप्नुपर्ने रेग्मीको भनाइ छ । यस प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उनको भनाइ छ ।

बीउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बीउको गुणस्तर घट्न गई दरिलो र पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानिकको भनाइ छ ।

समुद्री सतहदेखि एक हजार ४८० मिटर अग्लो स्थानमा रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले सञ्चालन गरेको परीक्षणको नतीजाअनुसार कोठाभित्र भकारीमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो । रासस

माघ १४ गते, २०७४ - १७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top