


‘समोसा भोज’मा नगएका ओली ‘गानाबजाना’ भनेपछि हामफाल्दै पुगे भारतीय दूतावास


-
खबरडबली संवाददाता
-
माघ १४ गते, २०७४ - १३:३६
काठमाडौं । ७० औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासले १२ माघ (२६ जनवरी) मा आयोजना गरेको दिवाभोजमा नगएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सांगितिक कार्यक्रममा भने सहभागी भए ।
दिवाभोजमा नदेखिएका ओली भोलिपल्टै लैनचौरस्थित राजदूतावासमा आयोजना भएको सांगितिक कार्यक्रममा सहभागी भएका हुन् । भारतीय नाकाबन्दीका बेला भारतबिरुद्ध खरो उत्रिएका ओली आफू दूतावासले आयोजना गरेका कार्यक्रममा सहभागी नहुने सन्देश दिन दिवाभोजमा सहभागी नभएका हुन्। तर भोलिपल्टै दूतावासद्वारा आयोजित सांगितिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै ओली सहभागी भए । कार्यक्रममा अध्यक्ष ओलीसहित एमालेका पार्टी सचिव प्रदीप ज्ञवाली समेत सहभागी भएका थिए। भारतीय दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै शुक्रवार ओली सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब) ले आयोजना गरेको १३ औं साधारण सभाको उद्घाटनका लागि पोखरा पुगेका थिए।
केहि समयअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा फोन गरेर बधाई दिएका ओली लैनचौरस्थित भारतीय दूतावासको कार्यक्रममा शीर्ष नेताहरु सहभागी हुँदा ओली सहभागी नहुनु महत्वपूर्ण मानिएको थियो ।
र, यो पनि
दुतावासको ‘समोसा भोज’मा को-को पुगे ? प्रचण्ड जाँदा ओली किन ‘याप्सेन्ट’ ?

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...
