Khabar Dabali Logo
  January 15, Fri

रिपब्लिकन पार्टीका नेताले यौन दुर्व्यवहारको आरोपपछि दिए राजीनामा

अमेरिका । लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएको हो ।

अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए ।

स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन् ।

उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ ।

हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि उक्त लेखमा दाबी गरिएको छ ।

तर ती आरोपहरू अपमानजनक भएको भन्दै उनले सम्बन्धविच्छेद फर्छ्यौटलाई लिएर उत्पन्न विवादका माझ आफ्नी श्रीमतीले त्यसलाई उचालिरहेको आरोप लगाएका छन् ।

विन संस्थापक, अध्यक्ष र प्रुमख कार्यकारी रहेको विन रिजोर्टस् लमिटेडले ती आरोपहरूबारे जाँच गर्न एउटा समिति गठन गरेको छ ।

उनी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मित्र हुन् र रिपब्लिकन पार्टीको उक्त पदका लागि ट्रम्पले नै उनलाई चयन गरेका थिए ।

ट्रम्पसँग छलफल गरेरमात्र विनको राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

अघिल्लो हप्ता स्टिभ विनले ट्रम्पको फ्लोरिडास्थित बिदा मनाउने स्थान मार अ लागोमा एउटा आर्थिक सहायता संकलनको कार्यक्रम आयोजना गर्न सघाएका थिए । बीबीसी

माघ १४ गते, २०७४ - १२:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top