Khabar Dabali Logo
  October 31, Sat

आर्थिक अभावले आठ महिनादेखि अस्पतालमा एम्बुलेन्स सेवा ठप्प

पर्वत । विगत आठ महिनादेखि बिरामी बोक्ने जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रँदा सर्वसाधारण मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स बिग्रिएपछि बिरामी ओसारपसारमा समस्या भएको छ ।

विगत आठ महिनाअघि देखि एम्बुलेन्स बिग्रिएर थन्किएको छ । ५ वर्षअगाडि खरिद गरिएको एम्बुलेन्सका पाटपुर्जा बिग्रिएपछि आठ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ ।

पोखरास्थित सृजना अटो वर्कसपमा लगिएको एम्बुलेन्स मर्मतका लागि रु पाँच लाख खर्च लाग्ने जनाइएको छ । मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला अस्पताल विकास समितिमा कार्यरत नायब सुब्बा रघुनाथ रेग्मीले बताए ।

‘कुश्मानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा पटक पटक पत्र पठाए पनि रकमको आश्वासन आएको छैन,’ रेग्मीले भने, ‘रकमको अभावमा मर्मत गर्न नसकिएको हो ।’

जिल्ला अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको बताए । अस्पतालमा अहिले दैनिक सयको हाराहारीमा बिरामी आउने गरेका छन् ।

बिरामीलाई सम्भव नभएमा जिल्लाबाहिर पठाउनुपर्छ । पोखरा र बागलुङ रिफर गर्नुपर्ने बिरामीलाई भाडाका ट्याक्सीमा पठाउन भन्ने गरिएको जिविसका अध्यक्ष राधाकुमारी क्षेत्रीले बताइन । जिल्ला अस्पतालमा पर्वतसहित बागलुङका आधा दर्जन वडाका बासिन्दाले सेवा लिने गरेका छन् ।

माघ १४ गते, २०७४ - १०:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top