माघ १४ गते, २०७४ आइतवार 28th January, 2018 Sun०९:२१:४९ मा प्रकाशित
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षा समाजवादउन्मुख हुनु आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन, चितवनको आठौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले देशलाई नयाँ युगमा लानका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
देशमा समाजवादको यात्रा सुरु भएको भन्दै उनले यसको शुरुवात शिक्षा क्षेत्रबाटै हुने बताए । देशलाई नयाँ युगमा लैजान शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले यसका लागि शिक्षकहरूको सहयोगको आवश्यकता रहेको अध्यक्ष दाहालले बताए ।
समाजवाद उन्मुख शिक्षाले निजी क्षेत्रको भूमिकालाई घटाउँदै सामुदायिक क्षेत्रको भूमिकालाई बढाउने उनको भनाइ थियो ।
अहिलेको निर्वाचनले देशलाई समाजवादतर्फ लाने शक्तिको झण्डै दुईतिहाई आएको भन्दै यसको जग हाल्ने काम शिक्षा क्षेत्र रहेको उनले बताए । शिक्षकहरूले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै उहाँले उनीहरूको सम्मान हुन आवश्यक रहेको बताए ।
सरकारले शिक्षा क्षेत्रलाई निजी क्षेत्रलाई दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आभास भएको भन्दै उनले अब शिक्षा क्षेत्रलाई अराजकता र माफियाकरणतर्फ जानबाट रोक्नुपर्ने बताए ।
वाम गठबन्धनका नेताहरू शिक्षा क्षेत्रको परिवर्तनका लागि प्रतिबद्ध रहेको बताउँदै उनले अहिले पनि सम्बोधन भएन भने शिक्षा क्षेत्रको समस्या मात्रै नभई राष्ट्रकै समस्या विकराल हुने खतराप्रति सचेत रहनुपर्ने बताए ।
कम्युनिष्ट एकता, राजनीतिक स्थिरता, स्थाई सरकारको बाटोमा मुलुक गएको भन्दै उनले शिक्षा नीतिमा आमूल सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनमा शिक्षकहरूले खेलेको भूमिकालाई आत्मसात गर्दै अब बन्ने सरकारले शिक्षा क्षेत्रको बेथिति रोक्नका लागि काम गर्ने अध्यक्ष प्रचण्डले बताए ।
अध्यक्ष दाहालले अहिले वाम गठबन्धन तोड्नका लागि ठूलो कसरत भइरहेको भन्दै यो दुष्चक्रमा आफूहरू नफस्ने बताए । अहिले कामचलाउ सरकारले देशलाई दूरगामी असर पार्ने निर्णयहरू गरिरहेको भन्दै उनले यसको प्रतिवाद सबै मिलेर गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसदहरू घनश्याम दाहाल अविनास, विजय सुवेदी, रामलाल महतो, नेपाल शिक्षक महासंघका उपमहासचिव पूर्णप्रसाद दवाडी, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, संगठनका केन्द्रीय उपाध्यक्ष ईन्द्र भट्टराई, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष कोमल घिमिरेलगायतले बोलेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: