Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अंगदान कार्यक्रम बन्द हुने अवस्थामा

\"\"काठमाडाै । मानवशरीरको मस्तिष्क (ब्रेन डेथ) मृत्यु भएपछि अंगदान गर्न नियमावली बनेको १४ महिना पूरा भएको छ । १४ महिनामा २ जनाले कलेजो प्रत्यारोपण र ब्रेन डेथ भएका एक व्यक्तिबाट २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । अाजकाे नयाँ पत्रिका मा खबर छ-त्यसबाहेक हालसम्म केन्द्रले ब्रेन डेथ भएका व्यक्तिको कुनै अंग फेलापार्न सकेको छैन । मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अंग प्रत्यारोपणको पहिलो प्राथमिकता ब्रेन डेथ भएकाहरूको अंग लिएर फरक व्यक्तिमा प्रत्यारोपण गर्नु रहेको बताए । ‘मानव शरीरको अंग प्रत्यारोपण नियमावली बनेको १४ महिनामा एउटा मात्रै ब्रेन डेथबाट अंग लिन पाएका छौँ । यो कुनै प्रगति हैन, यसले प्रत्यारोपणमा प्रश्न चिह्न खडा भएको छ ।’ सडक दुर्घटनामा परेर वा कुनै कारणवश मस्तिष्क मृत्यु भएकाहरूको अंगदान गर्न सरकारले मानवशरीरको अंग प्रत्यारोपण नियमावली २०७३ गत १६ मंसिरमा ल्याएको थियो । केन्द्रले गरेको सफल प्रत्यारोपणपछि बिरामीहरूको भिड लाग्ने गरेको छ । तर, अस्पतालहरूले ब्रेन डेथ भएको अवस्थामा केन्द्रलाई खबर नगर्दा सरकारले सुरु गरेको अंगदान प्रक्रिया अगाडि नबढ्ने खतरा बढेको निर्देशक श्रेष्ठ दुखेसो गर्छन् । श्रेष्ठले गरिब विपन्न नागरिकले सस्तो र सुलभ रूपमा सेवा पाउने भएकाले सबैलाई सहयोग गर्न उनले आग्रह गरे । पीडितलाई एकलाख अस्पताललाई ५० हजार केन्द्रले मस्तिष्क मृत्युपछि हुने अंग प्रत्यारोपण बन्द हुन नदिन पीडितलाई एकलाख र अस्पताललाई ५० हजार रुपैयाँ दिने भएको छ । निर्देशक श्रेष्ठले भने, ‘अस्पतालमा उपचार गराउँदा परिवारको खर्च हुने भएकाले केही राहत मिलोस् भनेर एकलाख दिने निर्णय गरेका हौँ । यति हुँदा पनि मस्तिष्क मृत्युपछिको अंगदान अगाडि बढ्न सकेको छैन ।’ निर्देशक श्रेष्ठले विद्यालय पाठ्यक्रममा मस्तिष्क मृत्यु र त्यसपछि गरिने अंगदानबारे समावेश गराउन सके प्रभावकारी बन्ने पनि बताए ।नेपालमा मिर्गौला प्रत्यारोपण गर्दा ४ लाख ५० हजार रुपैयाँ लाग्छ । कलेजो प्रत्यारोपण गर्दा भने १५ लाख लाग्छ । चिकित्सकहरूका अनुसार मस्तिष्क मृत्युपश्चात् हुने अंगदानबाट विकसित मुलुकमा ८० प्रतिशत प्रत्यारोपण हुन्छ । एउटा व्यक्तिको खेरजाने अंगले आठजना व्यक्ति बचाउन सकिने भएकाले सरकार पनि सकारात्मक हुनुपर्ने चिकित्सक बताउँछन् । १६ वर्षभन्दा कम उमेर भएकाहरूबाट लिएको कलेजो पहिलो चरणमा नाबालक बिरामीले पाउनेछन् । कुनै नाबालक बिरामीलाई योग्य नपाइएमा सो कलेजो वयस्क बिरामीलाई दिइनेछ । रक्तसमूह ‘ओ’ बाट प्राप्त भएको कलेजो रक्तसमूह ‘ओ’ भएकै ग्रहणकर्तामा जानेछ । त्यसपछि मात्र अन्य कुनै रक्तसमूह भएका बिरामीलाई दिइनेछ । रक्तसमूह ‘ओ’भन्दा बाहिरका समूह ‘ए’ ‘बी’ र ‘एबी’ भएका समूहहरू उस्तैखालको रक्तसमूह भएकाहरूलाई दिइनेछ । सो नभएको खण्डमा ‘एबी’ समूहलाई दिइनेछ । मस्तिष्क मृत्युबारे खबरै गर्दैनन् अस्पताल केन्द्रका अनुसार प्रतिवर्ष उपत्यकामा मात्रै एक हजारजनाको विभिन्न कारणले मस्तिष्क मृत्यु हुने गरेको छ । ‘धेरैको संख्यामा मस्तिष्क मृत्यु हुँदासमेत निजी अस्पतालले केन्द्रमा खबर गर्दैनन् । हालसम्म १८ जनामा भएको मस्तिष्क मृत्युबारे मात्रै केन्द्रले खबर पाएको छ’ निर्देशक श्रेष्ठले भने । १८ जनाको खबर पाए पनि १२ जनाले अंग दिन अस्वीकार गरेका थिए भने पाँचजनाको अंगको गुणस्तर खस्किएको थियो । एक व्यक्तिको कुनै अंगमा समस्या नभएकाले उनीबाट सफलतापूर्वक दुईजनाको मिर्गौला प्रत्यारोपण गरिएकोे थियो । डा. श्रेष्ठले जनचेतनाको कमीकै कारण मस्तिष्क मृत्युपछि हुने अंगदान कार्यक्रम बन्द हुने अवस्थामा पुगेको तर्क गरे । हाल नेपालमा अंग लिनेहरूको हानाथाप हुने गरेको छ । विज्ञहरूका अनुसार सरकारी सेवालाई अक्षम बनाउने र सेवा नै बन्द गराएर निजी अस्पतालमा बिरामी पठाउने उद्देश्यले निजी अस्पतालहरूले केन्द्रलाई मस्तिष्क मृत्युबारे खबर गर्दैनन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies