Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पार्टी एकताको ‘निर्णायक’ छलफलमा दुवै अध्यक्षका आ-आफ्नै रणनीति

\"\"काठमाडौं । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले-माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन् । शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ- सरकार पहिले कि पार्टी एकता र दुई पार्टी अध्यक्षको पदीय व्यवस्थापनसम्बन्धमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल टुंगोमा नपुगेपछि शुक्रबारको बैठक पनि निष्कर्षविहीन भएको माओवादी उच्च स्रोतले बतायो। ओली-दाहाल शुक्रबार सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली-दाहालबीच अढाई घन्टा छलफल भएको थियो। ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिन्छन्। यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग-अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन्। बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले, ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन्। यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन्।’ तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिन्नन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज-भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए। ‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भने। ओलीको चाहना : आफू प्रधानमन्त्री हुने, त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने। पार्टी एकता र सरकार गठन प्रक्रियालाई अलग-अलग ढंगले अगाडि बढाउने। दाहालको चाहना : सरकार गठनअगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिने। एमालेले सहअध्यक्षमा अल्मल्याउन खोजे उधारो कारोबार नगर्ने। फागुन पहिलो साता सरकार गठन प्रक्रियाले गति लिने भएपछि माओवादी अध्यक्ष दाहाल त्योभन्दा अगाडि नै पार्टी एकता प्रक्रिया अगाडि बढाएर एकीकृत पार्टीको नेतृत्व लिन खोजिरहेका छन्। ओली प्रधानमन्त्री हुँदा उनले एकीकृत पार्टीको अध्यक्ष आफू हुनुपर्ने तर्क छलफलक्रममा अगाडि सारेका छन्। तर, एमाले दाहाललाई सहअध्यक्षमा मनाउने कोसिसमा लागेको छ। ‘दाहाललाई उच्चस्तरीय राजनीतिक संयत्रको संयोजक, एकीकृत पार्टीको सहअध्यक्ष र महाधिवेशनपछि अध्यक्ष बनाउने गरी मनाउने प्रयास गरिरहेका छौं,’ एमाले स्रोतले भन्यो। तर, दाहाल उधारोमा अध्यक्ष लिने गरी एकताको पक्षमा छैनन्। उनको चाहना अहिले नै एकीकृत पार्टीको नेतृत्वमा पुग्ने देखिन्छ। ओली-दाहाल भेट अझै नटुंगिएको माओवादी नेता चक्रपाणि खनालले बताए। दाहालबाट पछिल्लो प्रगति सुनेका नेता खनालले शुक्रबार साँझको बैठक पनि टुंगोमा पुगिनसकेको बताए। ‘उहाँहरू (एमाले) नेतृत्वमा अझै पनि अडानमा देखिनुभएको छ, हामी पनि सबै सुम्पिएर एकतामा जाने कुरा छैन, कुरा मिलिसकेको छैन, अझै छलफल जारी छ।’ शुक्रबारको गोप्य छलफल पनि निर्णायक हुन नसकेपछि ओली-दाहालबीच आइतबार पुनः एक्लाएक्लै छलफलको तयारी हुँदै छ। दुई नेता अब छलफललाई निर्णायक बनाई पार्टी एकता प्रक्रियालाई निर्णायक बनाउने योजनामा छन्। दाहालले चितवन कार्यक्रममा भने, ‘आज-भोलि नै निर्णायक वार्तामा बसी निष्कर्षमा पुगिन्छ।’ सरकार गठनअगाडि पार्टी एकता नभए पहिलो चरणमा सरकारमा सहभागी नभई बाहिरै बसेर ओली नेतृत्वको सरकारलाई सहयोग गरेर जाने कि भन्ने विकल्पमा पनि माओवादीभित्र छलफल चलेको छ। ‘पार्टी एकता नभई सरकारमा सहभागिताको विषयमा माओवादीले पर्खने हुन सक्छ,’ ती नेताले भने, ‘पार्टी एकतापछि मात्र सरकारमा सहभागी हुने नीति अवलम्बन गर्ने विषयमा पनि छलफल भएको छ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies