Khabar Dabali Logo
  January 25, Mon

अोलीलार्इ माअोवादी नेताले भने-काम नगर्नेलाई किन चाहियो दश वटा पद ? प्रचण्डलार्इ अध्यक्ष नदिए एकता हुँदै-हुँदैन्

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री तथा प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको दाबेदार महेन्द्रबहादुर शाहीले एमाले–माओवादीबीच एकतालाई फलामको चिउरा चपाएसरह भएको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टीबीचको एकता गर्न सजिलो नभएको स्पष्ट पारेका हुन् । उनले भने,‘अहिले मुलुकमा स्थायित्व नचाहानेहरुको बाहुल्यता छ, एकता नचाहाने शक्तिहरु अहिले सक्रिय छन्, यो देशमा पार्टी जुटाउन भन्दापनि फुटाउन सहयोग गर्नेहरुको ठूलो भीड छ ।’

नेता शाहीले पार्टी एकताको लागि दुवै पार्टीका नेताहरु फलामको चिउरा चपाउन तयार हुनुपर्नेमा जोड दिए । उनले थपे,‘एकता त अहिले फलामको चिउरा चपाएसरह हो, यसको लागि हामी तयार हुनुपर्छ, अब कम्युनिष्टहरुको लागि अग्निपरिक्षा सुरु भएको छ, तर हामी निराश भएका छैनौं।’ दुई पार्टीवीचको एकताले दाँत भाँचिन सक्ने खतरा रहेको उनको भनाई थियो ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने शाहीको उद्धघोष छ । उनले भने,‘अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ ।’ उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र एकतापछिको पार्टीको अध्यक्ष दुवै पद आफूले लिन चाहेको हो कि भन्ने संकेत गर्दै भने,‘काम नगर्नेहरुलाई किन चाहियो दश वटा पद ? कार्यविभाजन गर्दा अब एक व्यक्ति एक पद गरेर हामी अघि बढ्छौं ।’

नेता शाहीले कसैलाई प्रधानमन्त्री बनाउनकै लागि एकता नहुने र आफूहरु कार्यकर्ता नबन्ने दाबी गरे । उनले भने,‘कसैलाई प्रधानमन्त्री बनाउनको लागि हामी सिपाही बन्दैनौं, फेरि कुनै एक व्यक्तिलाई राजा बनाउनको लागि हामी सिपाही बन्न सक्दैनौं ।’ यद्धपी आफूहरु जनचाहना अनुसार सेवा गर्न सिपाही बन्न भने तयारी अवस्थामा रहेको विश्वास दिलाए ।

शाहीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा आम नागरिकले आफ्नो धारणा सार्वजनिक भैरहेको उल्लेख गर्दै भने,‘हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ?’ उनले नेताहरुलाई पदमात्रै चाहिने गलत परम्परा रहेको गुनासो पोखे ।

उनले वृद्धभत्ता दिनु त राम्रो कुरा भएको व्यंग्य गर्दै भने,‘सके त किन वृद्धभत्ता, भत्ता नै दिए राम्रो हुनेथियो, तर राज्यको क्षमता पनि हेर्नुपर्यो नि ?’ मुलकमा उत्पादन क्षमता वृद्धि गर्नतिर लाग्नुपर्ने उनको भनाई थियो ।

माघ १३ गते, २०७४ - १६:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top