


चिसोका कारण एक करोडभन्दा बढीको माछा मरे



नुवाकोट । समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु एक करोडभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले मरेको हो ।
पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरे जानकारी दिए । उनका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो ।
खोलाको पानी चिसो हुँदै आएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताए । जमिनमुनीको पानी २६ डिग्रीसम्म हुने गरेकोमा अत्यधिक चिसोले २० डिग्री मात्रै आयो ।” उनले भने “त्यो पानी पोखरीमा राख्दा १५ डिग्रीसम्म झर्ने भएकाले तताएर राख्दासमेत बचाउन सकिएन, सबै मरे ।”
उहाँले व्यक्तिगत रुपमा रु तीन करोड लगानी गरेर गएको वर्षदेखि सञ्चालनमा ल्याएको माछा फर्ममा बंगलादेशबाट दुई लाख १५ हजार भुरा किनेर ल्याई यो वर्षदेखि पालन शुरु गरेका थिए । “गएको फागुनमा राखिएका भुरा भदौदेखि बिक्रीका लागि तयार भएका थिए,” पाण्डेले भन्नुभयो “रु पचास हजार मूल्य बराबरको माछा बिक्री गरें, बाँकी सबै मरेर गए ।”
कृषि विकास कार्यालयले फर्ममा रहेका करिब एक लाख ५० हजार मूल्य बराबरका माछा समयमै बिक्री नहुँदा ५५ टन क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । कृषि विकास कार्यालयका प्रमुख गैरेका अनुसार माछाको बजार मूल्य प्रतिकेजी रु २०० भएकाले मरेका माछाबाट पाण्डेलाई रु एक करोड १० लाख क्षति पुगेको भन्दै पीडित किसानलाई राहत उपलब्ध गराउन केन्द्रमा पठाइएको छ ।
भदौमा नै तयार भएका माछाको बजार अभावले समयमै बिक्री नहँुदा मंसिर अन्तिम सातादेखि माछा मर्न थालेको पाण्डेले बताए । “माछाको भूरा ल्याउँदा मात्रै रु एक करोड २० लाख खर्च भएको थियो ।” पाण्डेले भने “हुर्काउन दानादेखि दूधसमेत खुवाएर दुई वटाले नै एक किलोग्राम हुने बनाएको थिए ।”
बजारको अनुसन्धान र मागअनुसार माछापालन गरेको भए पनि भारतबाट आएका माछासँग प्रतिस्पर्धा गर्न नसक्दा आफूले क्षति बेहोरेको उनको गुनासो छ । पाण्डेका अनुसार भारतबाट आएको यही जातका माछा रु १५० मा कारोबार हुने भएकाले स्थानीय उत्पादनका माछाले बजार नपाउँदा ठूलो नोक्सान खेप्नुपरेको हो ।
“बैंकबाट ऋण लिएर सञ्चालन शुरु गरेको फर्ममा माछासँगै कुखुरासमेत पालनको तयारी गरे पनि रु एक करोडभन्दा बढी क्षति भएकाले राहत नपाए आफू नै मर्नुको विकल्पमा नभएको” उनले दुखेसो पोखें । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...
