Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जाँदा-जाँदै सरूवा काण्डमा अारजु, गच्छदार र देवले पचाए ५ करोड

\"\"काठमाडाैं । जाँदा-जाँदै शेरबहादुर देउवा नेतृत्वको सरकारले जथाभावी निर्णय गर्न थालेको छ । देउवा नेतृत्वको मन्त्रीहरू त यतिबेला कमाउ धन्दा ब्यस्त छन् । पछिल्लो एउटा उदाहरण हो पर्यटनमन्त्री जितेन्द्र देवले गरेको सचिव सरूवा काण्ड । मन्त्रिपरिषद्को बैठकले महेश्वर न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटालाई ल्याइएको छ । कात्तिक ७ गतेको मन्त्रिपरिषद् बैठकबाट पर्यटनमा सरुवा भएका न्यौपाने मन्त्रीले दिएको दबाब नमान्दा सरुवामा परेका हुन् । स्रोतका अनुसार मन्त्री देवले नागरिक उड्ययन प्राधिकरण (क्यान) मन्त्रालयका महानिर्देशक (डिजी)फेर्न चाहेका थिए । देवलाई उपप्रधानमन्त्री बिजय गच्छदारले क्यानको डिजी फेर्न दबाब दिँदै आएका थिए । स्रोतका अनुसार, गच्छदारको स्वार्थ बमोजिम काम नगर्दा क्यानका डिजी संजिव गौतम मन्त्री देवको निशानामा परेका थिए । गच्छदारका छोरा सुवास गच्छदारलगायतले गत असोजबाट गौतमलाई हटाउने प्रयास गर्दै आएका छन् । मन्त्री निकट स्रोतले सचिवकै असहयोगले क्यानको डिजी परिवर्तन गर्न नसकिएको देशसञ्चारलाई बताएको थियो । गच्छदारले देव मार्फत निर्वाचन भन्दा अगाडि नै क्यानको डिजी फेर्न प्रयास गरेका थिए । तर निर्वाचन आयोगको असहमति पछि उनीहरुको प्रयास सफल भएको थिएन । अहिले आचारसंहिता नलागेको भन्दै मन्त्रीले लामो समय देखि न्यौपानेलाई डिजी फेर्न प्रस्ताव तयार पार्न दवाब दिदैं आएका थिए । तर मन्त्रीले भने बमोजिम नगर्दा न्यौपाने सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा थन्किएका हुन् । स्रोतका अनुसार शुक्रबार बेलुका सम्म पनि देवकोटा पर्यटनमा जान राजी थिएनन् । आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई कारवाही सिफारिस गरे पछि देवकोटा आपूर्ति मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका थिए । श्रोतका अनुसार सुनसरी घर भएका सह सचिब सुरेश आचार्यलाई गौतमको ठाउमा सरुवा गराउने शर्तमा गच्छेदारले २ करोड असुली सकेका छन् । सुरेश आचार्यले डिजी बन्नका लागि कांग्रेस नेतृ आरजु राणालाई पाँच करोड दिइसकेको बताइएको छ । तर आचार्य लाई डिजी बनाइएन । त्यसैले पाँच करोड बुझाइसकेका आचार्य अहिले आरजु र गच्छादारकोमा धाइरहेका छन् । राष्ट्रियसभा चुनावका लागि आचारसंहिता लागु भइसकेकाले आफूले डिजी बन्नका लागि दिएको पाँच करोड डुब्ने चिन्तामा आचार्य छन् । पाँच करोडमध्ये आरजुले एक करोड, गच्छादार र देवले २-२ करोड लिने गरी गच्छादारले नै मध्यस्थता गरेको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies