Khabar Dabali Logo
  October 26, Mon

राप्रपाको ‘भत्ता डिजाइन’ गच्छदारले चोरेपछि हंगामा

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै काम चलाउ बनेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पछिल्लो समय लोकप्रिय बन्न बिभिन्न निर्णय गर्न थालेको छ । मन्त्रीहरुले जिल्लाको राजनीतिमा आफु लोकप्रिय बन्न मन्त्री परिषदमा प्रश्ताव लैजाने होडबाजी नै चलेको छ ।

केही समयअघि उद्योगमन्त्री सुनिलबहादुर थापाले २०३६ सालमा छिन्ताङ्गमा मारिएका १६ जनालाई शहीद घोषणा गर्नुपर्ने प्रस्ताव मन्त्री परिषदमा लगेर एकाएक चर्चामा आए । गृहमन्त्रीबाट मत्रीपषिदमा लैजानु पर्ने प्रश्ताव उद्योगमन्त्री थापाले लगेका हुन् । पछिल्लो समय जेष्ठ नागरिक भत्ता दिइने उमेर ७० बाट घटाएर ६५ मा झार्नुपर्ने प्रस्ताव मत्रीपरिषदबाट परित गराएर उपप्रधान तथा स्थानीय विकासमन्त्री गच्छदार जस लिने दाउमा छन् । राप्रपाको केन्द्रीय समितिमा उठेको सो प्रश्ताव मन्त्रीपरिषदमा गच्छदारले लगेका थिए ।

चुनाव लगत्तै बसेको राप्रपा केन्द्रीय समितिको बैठकमा हेमानन्दन गिरिले जेष्ठ नागरिक भत्ता दिइने उमेर ७० बाट घटाएर ६५ मा झार्नुपर्ने प्रस्ताव राखेकी थिइन्। राप्रपाको केन्द्रीय समितिमा उठेको सो प्रस्ताव थापाले मन्त्री परिषदमा उठाएनन । राप्रपा केन्द्रीय समितिको बैठक बसेको दुई महिनापछि उपप्रधान तथा स्थानीय विकासमन्त्री समेत रहेका कांग्रेस नेता गच्छदारले लगेर पारित समेत गराएपछि राप्रपाका नेता–कार्यकर्ताहरु पछुतो मानिरहेका छन्।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट पराजित बनेको राप्रपाकालागि अर्को निर्वाचनकालागि जनमत बटुल्ने गतिलो उपाय गुमाएकोमा अध्यक्ष कमल थापालाई नेता–कार्यकताले धिक्कारिहेका छन् । राप्रपाको प्रस्ताव ‘कपि’ गरेर गच्छदार लोकप्रिय बन्न लागेको राप्रपाका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार यतिबेला राप्रपाका अध्यक्ष थापादेखि केन्द्रीय समितिमा समेत पछुताउनेको संख्या अधिक छ ।

माघ १३ गते, २०७४ - १२:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top