Khabar Dabali Logo
  January 15, Fri

तीन किलोमिटरको बाटो निर्माण शुरु

 

फाइल फोटो

काठमाडौं । कीर्तिपुर नगरपालिकाले स्थानीय अमृतनगरदेखि गुम्बा क्षेत्रसम्म करिब तीन किलोमिटरको बाटो निर्माण गर्न शुरु गरेको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणको सहयोगमा त्यस क्षेत्रमा छ मिटरको नयाँ बाटो (ट्र्याक) खन्न थालिएको हो ।

किनपा वडा नं १ अमृतनगर र २ मैत्रीनगर हुँदै गुम्बा क्षेत्रमा जोड्ने उक्त बाटो करिब छ महिनाभित्र ग्राभेल गरी सञ्चालन गरिनेछ । नयाँ बन्ने बाटोले त्यस क्षेत्रको बासिन्दालाई आफ्ना उत्पादन बजारीकरण गर्न सहयोग पुग्नेछ ।

किनपा प्रमुख रमेश महर्जनले सो बाटो बनाउन तत्काललाई रु ४० लाख विनियोजन गरिएको र आगामी दिनमा सो कार्य पूरा गर्ने क्रममा आवश्यक रकम थप गरिने जानकारी दिए । प्राचीन महत्वका स्थानीय मठमन्दिर तथा सम्पदा संरक्षण र भौतिक पूर्वाधार विकास निर्माण गर्ने नगरपालिकाको नीति रहेको उनले जानकारी दिए ।

सो परियोजना पूरा भएपछि काठमाडौँ महानगरपालिका– १४ स्थित कलंकी खसीबजार क्षेत्रलाई जोड्ने योजना छ । सो मार्गलाई चन्द्रागिरि नगरपालिका क्षेत्रमा जान अर्को वैकल्पिक मार्गका रुपमा विकास गर्न सकिन्छ । चन्द्रागिरि जाने यात्रुलाई कलंकी हुँदै जानुपर्ने अवस्थाको विकल्पमा नयाँ बाटोको सञ्जालले जोडिने छ । रासस

माघ १३ गते, २०७४ - १२:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top