


बहिर्गमन गुमाउँदै गरेका देउवाका तीन कुरा


-
-
माघ १३ गते, २०७४ - ०८:४६
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक सत्ता सम्हालेको ८ महिना पुग्दैछ । बढीमा उनी अर्को एक महिना सरकारको नेतृत्वमा रहने छन् ।
अाजकाे कान्तिपुर दैनिकमा खवर छ- संसदीय गणितको खेल भएन भने उनी तत्कालै सत्तामा आउने सम्भावना देखिँदैन । तर सफलतापूर्वक चुनाव गराएको जस लिनुको साटो फेरि पनि विवादित भएरै सत्ता बहिर्गमनको बाटोमा छन्, उनी । धेरैको आशंकाविपरीत देउवाले भदौ ५ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैसाथ गराउने मिति घोषणा गरेका थिए ।
मंसिर १० र २१ गते दुई चरणमा दुवै निर्वाचन एकैसाथ सम्पन्न भयो, त्यसको जस देउवाले पाउनुपर्छ । तर कामचलाउ मन्त्रिमण्डलबाट भइरहेका क्रियाकलापले उक्त जसलाई आझेलमा पार्दै लगेको छ । संविधान कार्यान्वयनका लागि चौतर्फी दबाबका बीच चुनाव हारिन्छ/हार्दैछौं भन्ने थाहा पाईपाई देउवाले चुनाव गराउने आँट लिएकै हुन् ।
व्यक्तिगत रूपमा उनले चुनाव जिते पनि उनी सभापति रहेको कांग्रेसले जित्न सकेन । प्रधानमन्त्रीका रूपमा चुनाव गराएको जस उनले पाइरहँदा सभापतिका रूपमा पार्टी पराजयको अपजस उनको टाउकोमा सँगै आएको हो । नराम्ररी हार व्यहोरिसकेको कांग्रेस र तिनका सभापति देउवालाई सत्ताको नेतृत्व गर्ने नैतिक र राजनीतिक धरातल छैन ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिटमा सीमित हुन पुगेको कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन् । प्रत्यक्षतर्फको १६५ सिटमा २३ सिट मात्रै जितेको कांग्रेस समानुपातिकबाट ४० सिट पाउने अनुमान गरिएको छ । संवैधानिक र कानुनी जटिलताका कारण समानुपातिकको परिणाम आउन भएको ढिलाइले मात्रै देउवाको सत्तायात्रा केही लम्बिएको हो ।
तर उनले यस्तो क्रियाकलाप गरिरहेका छन् कि मानौं भर्खरै ताजा जनादेशबाट बहुमत ल्याएर सरकार बनाएका हुन् । देउवाले मुलुकलाई दीर्घकालीन असर पुर्याउने खालका सस्तो लोकप्रियता बटुल्ने निर्णयहरू एकपछि अर्को गरिरहेका छन्, जुन लोकतान्त्रिक पद्धतिकै उपहास हो ।
तीन कुरा
कामचलाउ सरकारको क्रियाकलापले चुनाव गराएको जससमेत आझेलमा
संवैधानिक र कानुनी जटिलताले जुराएको थप सत्तायात्रालाई दुरुपयोग गर्न उद्यत
देउवा र उनका मन्त्रीका हर्कतप्रति कांग्रेस नेताहरूसमेत मौन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित
काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै
काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित
काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने
काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल
भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय
काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...
