Khabar Dabali Logo
  October 24, Sat

धमाधम प्रदेशमा पठाउदै कर्मचारी, एक–एक मन्त्रालयमा सचिव तोकिए

काठमाडाै । सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो । अाजकाे नयाँ पत्रिकामा खबर छ- यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो ।

प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ । अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन् । दोस्रो चरणमा सातवटै मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सहसचिवदेखि सुब्बा-खरदारसम्मका कर्मचारी पठाएको हो ।

त्यस्तै, संसद् सचिवालयले प्रदेश सभा सञ्चालनका लागि हरेक प्रदेशमा सहसचिव, उपसचिव, अधिकृतसहित चारजनाका दरले २८ जना कर्मचारी खटाइसकेको छ । उनीहरू सबै प्रशासन समूहतर्फका हुन् । मन्त्रालयले चाँडै प्राविधिक, राजस्व, कानुन समूहका कर्मचारी पठाउने तयारी भइरहेको जनाएको छ ।

सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाँकी ६ मन्त्रालय र प्रदेशसभाका लागि तत्काल ७० सहसचिव खटाउनुपर्नेछ । संघीय निजामतीका सहसचिवले प्रदेश मन्त्रालयको सचिव भएर काम गर्नुपर्नेछ ।

प्रदेशमा कर्मचारी खटाउने मापदण्ड
-लामो समयदेखि रोजाइको कार्यालयमा बसेका
-भर्खरै बढुवा वा नियुक्त भएका
-र, प्रदेशमा जान इच्छुक

बिहीबार सचिवको जिम्मा दिएर खटाइएका सहसचिव

मुख्यमन्त्रीको कार्यालय
सन्तोष श्रेष्ठ : प्रदेश १
हरि फुँयाल : प्रदेश २
रमेशप्रसाद सिवाकोटी : प्रदेश ३
लालमणि ओझा : प्रदेश ४
जितेन्द्र काफ्ले : प्रदेश ५
यज्ञराज बोहरा : प्रदेश ६
प्रदीपराज कँडेल : प्रदेश ७

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने
यज्ञबहादुर खत्री : प्रदेश १
देवीराम भण्डारी : प्रदेश २
बलदेवप्रसाद जोशी : प्रदेश ३
फणीन्द्रमणि पोखरेल : प्रदेश ४
प्रेमप्रसाद भट्टराई : प्रदेश ५
केशवराज आचार्य : प्रदेश ६
पीताम्बर घिमिरे : प्रदेश ७

थप कर्मचारी खटाउने तयारी
सरकारले कानुन मन्त्रालयका करिब एक सय २० कर्मचारी प्रदेशमा खटाउने गृहकार्य गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा कानुन समूहका सहसचिव र उपसचिव ५५ खटिनेछन् । यस्तै, प्राविधिक समूहअन्तर्गतका ७० इन्जिनियर र राजस्व समूहका ३५ कर्मचारी पनि प्रदेशमा जाँदै छन्।

माघ १३ गते, २०७४ - ०७:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top