Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रेस सेन्टरद्वारा शक्ति–तारा स्मृति पुरस्कार स्थापना

\"\"काठमाडौं । प्रेस सेन्टर नेपालले दिवंगत वरिष्ठ पत्रकारहरु शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । शुक्रबार बसेको सेन्टरको सचिवालय बैठकले ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको हो । सेन्टरले उक्त पुरस्कार संगठनको १४ औं स्थापना दिवसको अवसरमा एकजना वरिष्ठ पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले माघ १५ गते तीन कुनेस्थित सिद्धार्थ कटेजमा अन्य संगठनहरुसँग एकता तथा जलपान समारोह गरेर स्थापना दिवस मनाउने निर्णय गरेको बैठकपछि सेन्टरका महासचिव विष्णु सापकोटाद्वारा जारी विज्ञप्तीमा जनाईएको छ । १० हजार राशी रहेको पुरस्कार छनौटका लागि सेन्टरका उपाध्यक्ष बलराम थापाको संयोजकत्वमा कमल गीरि, मनोज घर्तीमगर, मनिषा श्रेष्ठ र बबिता पौडेल सदस्य रहेका पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ । वरिष्ठ पत्रकार तथा साहित्यकार शक्ति लम्सालको ७९ वर्षको उमेरमा २५ कात्तिक २०७२ मा निधन भएको थियो । अर्का वरिष्ठ पत्रकार तारा न्यौपानेको ५६ वर्षको उमेरमा २६ पुस २०६८ मा निधन भएको थियो । उनीहरुले आफ्नो जीवनको अन्तिम क्षणसम्म जनपक्षीय पत्रकारितामा योगदान दिएका थिए । स्थापना दिवस भव्य रुपमा मनाउने सेन्टरले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ । स्थापना दिवसकै दिन नेपाल प्रेस सोसाईटीलगायतका संगठनहरुसँग संगठनात्मक एकता घोषणा गर्ने निर्णय गरिएको महासचिव सापकोटाले जानकारी दिए । ‘प्रेस सेन्टर नेपाल, नेपाल प्रेस साईटीलगायतका संगठनहरुबीचको संगठनात्मक एकता प्रक्रियालाई पूर्णता दिन संगठनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकता घोषणा गर्ने निर्णय गरियो’, विज्ञप्तीमा भनिएको छ । सापकोटाले काठमाडौंमा केन्द्रिकृत रुपमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा १५ गते विहान ८ बजे तीनकुनेस्थित सिद्धार्थ कटेजमा कार्यक्रम गरिने जानकारी दिए । सोही अवसरमा सेन्टरको महिला विभागले भेला प्रशिक्षण तथा सम्मान कार्यक्रम राखेको छ । सेन्टरले जिल्ला तथा स्थानीय तहमा रहेका संगठनहरुलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउन निर्देशन समेत दिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies