Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दुतावासको ‘समोसा भोज’मा को-को पुगे ? प्रचण्ड जाँदा ओली किन ‘याप्सेन्ट’ ?

\"\"काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारतीय दूतावासले गणतन्त्र दिवसका लागि दिएको निम्तो छल्दै पोखरा गएका छन् । शुक्रवार भारतको ६९ औँ गणतन्त्र दिवस नेपालस्थित भारतीय राजदुतावासको दिवा भोजमा ओली अनुपस्थित भए । लैनचौरस्थित भारतीय दूतावासले गरेको कार्यक्रममा शीर्ष नेताहरु सहभागी भइरहँदा ओली सहभागी नहुनु महत्वपूर्ण मानिएको छ । केहि समयअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा फोन गरेर बधाई दिनुका साथै भारत भ्रमणको निम्तो पनि दिएका थिए । सामुदायिक रेडियो प्रसारक सं‌घको १३ औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्न ओली पोखरा गएका हुन् । यसअघि नै कार्यक्रमको टुंगो लागि सकेकाले ओली पोखरा गएको उनका सचिवालयले जनाएको छ । तर सचिवालयले जस्तो जवाफ दिएपनि ओली पहिलो पटक भारतीय दुतावासको कार्यक्रममा सहभागी नभएका भने होइनन् । गत वर्ष भारतीय दूतावासले गरेको गणतन्त्र दिवसको कार्यक्रममा पनि ओली सहभागी भएका थिएनन् । प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, अतिथिका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजय गच्छदार र बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, अभिनेत्री मनीषा कोइरालालगायत मधेसी दलका शीर्ष नेताहरु सहभागी थिए ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies