Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बाबुरामले लेखे स्यानिटरी प्याडका कुराः रिस उठ्ला, एकछिन पर्खनोस् !

\"\"काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जाल चलाउने नेता मध्येका एक सक्रिय हुन् । कहिले राजनीतिका बिषय, आर्थिक, सम्वृद्धि त कहिले सामाजिक बिषयमा खुलेरै स्ट्याटस लेख्ने बाबुरामका पोष्टहरुले बेलाबेलामा विवाद ल्याउने त छँदैछ । बाबुरामले हिजो मात्रै सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे जुन महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको बिषयमा थियो । कतिपयले बाबुरामको उक्त पोष्टमा राम्रा प्रतिक्रिया दिएका छन् भने कतिपयले नराम्रा प्रतिक्रिया पनि दिएका छन् । विवाद अाउने सोचेर नै हुनुपर्छ बाबुरामले माथि नै लेखेका छन् \'पूर्व प्रमले स्यानिटरी प्याडबारे फेसबूक मार्फत चर्चा गर्दा तपाईंलाई आश्चर्य लाग्ला, रिस उठ्ला ! एक छिन पर्खनोस् !\' बाबुरामको पोष्ट यस्तो छ-महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याडबारे देशको एउटा पूर्व प्रमले फेसबूक मार्फत चर्चा गर्दा तपाईंलाई आश्चर्य लाग्ला, रिस उठ्ला ! एक छिन पर्खनोस् ! भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतीय राजनीतिबारे बुझ्ने मनसायले टिभी च्यानल चाहार्दै जाँदा ZEENEWS को एउटा कार्यक्रमले मनमस्तिकमा नराम्रो झट्का दियो ! भारतका ४० करोडमध्ये १२ % महिलाले मात्र महिनावारी भएका बेला सुरक्षित स्यानिटरी प्याड प्रयोग गर्दा रहेछन्; बाँकी ८८ % ले फोहोर कपडा, पराल, खरानी आदि प्रयोग गर्दा रहेछन् । जसका कारणले ७० % लाई विभिन्न यौनांगजन्य रोग लाग्दो रहेछ ! २४ % किशोरीहरू महिनावारी भएका बेला स्कूल नजादा रहेछन् । यसका विरूद्ध जनस्तरमा अभियान चलाउने र स्यानिटरी प्याड सर्वसुलभ रूपमा उपलव्ध गराउन सिर्जनात्मक आविष्कार गर्ने १६ जनालाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सम्मान दिइँदैरहेछ ! यसै विषयमा केन्द्रित एउटा फिल्म PadManपनि बनेको रहेछ  ! के तपाईं हामीले हाम्रो देशमा यो समस्याबारे कहिल्यै सोचेकाछौं ? कहिलेकाहीं हामी मध्य र सुदूर-पश्चिमका विकट पहाडी जिल्लामा छाउपडी प्रथाद्वारा महिलाहरूको मृत्यु भएको समाचार सुन्छौं र केही दिन उद्वेलित हुन्छौं । तर गरीवी, अशिक्षा, अन्धविश्वासबाट ग्रसित हाम्रो समाजमा हाम्रा महिलाहरू सुरक्षित स्यानिटरी प्याडको अभावमा कति पीडाबाट गुज्रीरहेका होलान् र अकालमै मरिरहेका होलान् भन्ने कहिल्यै सोचेका छौं  ? अब सोच्न ढिलो र आलटाल नगरौं ! क्रान्ति, परिवर्तन, समृद्धि यस्तै \'झिनामसिना\' र \'अप्रिय\' कुराबाटै शुरू हुन्छन् भन्ने नभुलौं !! आगे जो मर्जी !!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies