Khabar Dabali Logo
  October 28, Wed

प्रचण्ड-अोलीको सम्बन्ध चिस्याउन को-को छन् सक्रिय ? किन टाढिदैंछ वाम एकता ?

फाइल फाेटाे

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता चुनाव लगत्तै होला भन्ने कतिपयलाई लागेको थियो । त्यसपछि विभिन्न राजनीतिक घटनाक्रमले एकता प्रक्रिया लम्बियो, जसलाई स्वभाविक मान्न सकिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश गएपछि केही दिनका लागि राम्रै बाहाना मिल्यो । ओली विदेश भइन्जेल एमाले र माओवादीका नेताहरुले भनेका थिए, “ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन्छ ।”

तर त्यस्तो नतिजा केही देखिएको छैन । ओली र माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अझै कुरा मिल्न नसकेको संकेत स्पष्ट छ । विशेषगरी पदीय भागबण्डामै कुरो अड्किएको आशंका पनि धेरैको छ ।

चुनावी गठबन्धनपछि ओली र प्रचण्डचिको सम्बन्ध राम्रो त भएको छ, तर ओलीलाई प्रधानमन्त्री बनाउन माओवादी तयार भइसक्दा पनि एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने अवस्थामा पुग्न सकेको छैन ।

चुनावपछि सबैभन्दा ठूलो पार्टी बनेकाले ओली स्वभाविक रुपमा प्रधानमन्त्रीका दाबेदार हुन्, जसलाई जनताले पनि स्विकार गरिसकेका छन् । तर प्रचण्डलाई अध्यक्ष बनाउने र नबनाउनेमा सबै एकमत हुन सकेका छैनन् ।

एमालेले भने दलीय हैसियतका आधारमा ओली नै अध्यक्ष पनि प्रधानमन्त्री पनि बन्नुपर्छ भन्ने मान्यतामा छन् । त्यस्तै  माओवादीका नेताहरु प्रचण्डलाई प्रधानमन्त्री र अध्यक्ष एक दिनुपर्ने लाइनमा छन् । खासगरि माअोवादी नेतादेखि कार्यकर्तासम्मले सामाजिक सञ्जालमा अात्मसमर्पण होइन एकता गर्न खोजेका हाैं भन्ने पोष्ट गरिरहेका छन् । तर एमालेका केहि भने माअोवादी एमालेसँग अात्मसमर्पण गर्न खोजेको भन्ने प्रतिक्रिया दिइरहेका छन् । तर माअोवादीका नेताहरू एमालेका त्यस्तो अभिव्यक्ति मान्न पट्टकै तयार छैनन् । माअोवादीका एक नेताकाअनुसार प्रचण्डलाइ अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद नदिए पार्टी एकताको बिषय दुर रहेको बताउँछन् ।

प्रचण्डलाई ओलीपछिको हैसियत दिएर महाधिबेसनमा जानुपर्ने एमालेको ठहर जस्तै छ । यो कुरा स्विकार गर्न नत प्रचण्डले सकेका छन्, नत माओवादीका नेताहरुले । अर्कोतिर एमालेकै बामदेव गौतम पक्षधर पनि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।

अर्का नेता माधवकुमार नेपालले एकता गर्नका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने आशय व्यक्त गर्दै आएका छन् । यद्यपी प्रचण्डलाई कस्तो भूमिका दिने भन्नेमा बहस एमालेभित्र बहस भने भइरहेको छ ।

एमाले महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, शंकर पोखरेल र शेरधन राईहरु ओलीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै जोडदारका साथ लागेका छन् । सकभर अोली-प्रचण्डको सम्बन्ध चिस्याउन उनीहरू लागि परेको जस्तो देखिन्छ । एमालेभित्र प्रचण्डलाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्छ भन्नेमा खुलेर लागेका बामदेव गौतम र माधब नेपाल मात्रै हुन् ।

पार्टी एकता हुनुपर्छ भन्ने दबाब भने दुर्व दलको सबै नेतालाई छ । भिम रावल, प्रदिप ज्ञवाली र अग्नी खरेलहरु मध्यमार्गी बाटोमा छन््,जो पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्नुपर्छ भन्ने मनस्थितीमा देखिन्छन् ।

विहिबार वृहत पत्रकार सम्मेलन गरेका एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि गृहकार्य भइरहको त भने तर पदीय भागबण्डाको विषयमा खुलेर बोल्न सकेनन् । पत्रकारको ओलीले पार्टी एकताका लागि कार्यदलले काम गरिरहेको छ भन्दै पन्छिए ।

त्यसैले पदीय भागबण्डा पार्टी एकताको मूल समस्या हो भन्न सकिन्छ । ओली प्रचण्डबीचको सम्बन्ध राम्रो भएर नै एकता हुनुपर्छ भन्ने मनसाय सबैको छ । केही दिन बादल लागेर खुला भएको आकाश जस्तो एमाले–माओवादीबिचको पार्टी एकता कहिले हुने हो अझै भन्न सकिने अवस्था छैन ।

 

माघ १२ गते, २०७४ - १३:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top