Khabar Dabali Logo
  October 24, Sat

‘झारमा लुकेर बाँच्दा साथीहरुलाई नाफा भो, मलाई घाटा’

जब एक बाबुआमाले सन्तानको जन्म दिन्छन् तब उसको काँधमा अनेक जिम्मेवारी थपिएर धर्तीको मुहार देख्छ । अनेकौं सपनाको तानाबाना बुनेर जन्मिएको आफ्नो सन्तानको कुन आमाबाबुलाई चाँहि माया हुँदैन र ? हो यस्तै सन्तानमध्ये गंगाप्रसाद भुसाल एक हुन् ।
गाउँकै स्थानीय सामुदायिक स्कूलमा तत्कालिन एसएलसी हाल (एससिइ) पास गरेर काम र दामको खोजि गर्दै काठमाडौं भासिएका भुसाललाई अहिले पनि सम्झना आउँछ ‘बाबु जसरी पनि राम्रोसँग पढ है हामी जसोतसो खर्च पठाउँछौं’ यो उनका बाबुआमाले भन्ने गरेका शब्द हुन् । भुसाललाई एक पटक होईन कयौं पटक यी नै वाक्यहरुले घरबाट घचघचाउँथे । कमाउने आशामा काठमाडौं छिरेका उनले पाटन क्याम्पसबाट कक्षा १२ उत्तिर्ण पनि गरे ।

उनी नेकपा माओवादी केन्द्रका जनप्रगतिशिल मञ्च स्पेनकोे सदस्य, महासचिव हुँदै हाल जनप्रगतिशिल मञ्च युरोपका महासचिव छन् । स्पेनको बार्सिलोनामा बस्ने भुसाल एक रेष्टुरेन्टका कुक हुन् । खबरडबलीले जिन्दगीका आधा हिस्सा परदेशमै बिताएका भुसालबारे कतार, इजराइल हुँदै युरोप बसाईका सुख, दुःखबारे केहि खोतल्ने प्रयास गरेको छ ।

संर्घषका कथा यताबाट
२०३४ चैत २० गते बाबु टीकाराम भुसाल र आमा देउरुपाको कोखबाट जन्मिएका गंगा प्रसाद भुसाल तत्कालिन सिर्गाकोस टक्लाक–८ हाल (पैयुँ गाउँपालिका–१) पर्वतका हुन् । किसानी परिवारमा जन्मिएर आर्थिक अवस्था कमजोर बनेपछि कलिलै उमेरमा परदेश भासिने सुर कसे । अझ परदेशीनुभन्दा अगाडी काठमाडौंका गल्लीहरुमा भुसालले झेलेका दुःखका संर्घषहरु बेग्लै छन् ।

बाल्यकालमा बाबुआमाको माया अरुभन्दा अलि बढी पाएका भुसालको पारिवारिक आर्थिक अवस्था नाजुक थियो । कमजोर आर्थिक अबस्था भएपनि गाउँबाट काठमाडौं भासिएपछि दोकान खोल्ने सुरसार कसे । दोकान खोल्नु अगावै उनले एक गार्मेन्टमा केहि समय काम गरे । एक दिन मात्रै काम गरेपछि राम्रो नलागेर भोलिपल्टदेखि नै काममै नगएर होला उनलाई त्यो गार्मेन्टको नाम ठ्याक्कै याद छैन् । २०५३ सालतिर एक्लै खोल्न आँट नआएर उनले पार्टनरसीपमा केहि समय दोकान पनि चलाए । आफ्नो साथीका मामासँग ‘पार्टनरसीप’मा दोकान खोलेका हुन । सामान्य चिया, मिठाइ दोकान खोलेका भुसालले ५ हजार तिरेर मिस्त्री राखे, ताकि त्यतिबेला सटर भाडा ३५ सय थियो, (हाल काठमाडौंमा साधारण घरका सटर भाडा १० हजार भन्दा बढी छ ।) अझ यसलाई यताबाट प्रष्ट पारौं दुई जनाले २० हजारका दरले लगानी गरेर दोकान चलाएका थिए । १६ बर्षे झिल्के उमेरमा चिया पसलका साहु भएका भुसालले पसलबाट पाँच महिना बितिसक्दा पनि खासै प्रगति गर्न सकेनन् । पसलको प्रगतीभन्दा पनि उँधो गतितिर लागेपछि उनले साहु बन्ने सपना तुहाएर अर्को सपनाको ‘ग्राइन्ड डिजाइन’ गरे । १२ हजार रुपैयाँमा दोकान बेचे । त्यसको केहि समयपछि डिजाइनअनुसार भुसाल घरदेश छाडेर परदेश भासिने निधोमा पुगे ।

त्यो रेष्टुरेन्टमा उनले शुरुको दई दिनमा त नसुतेरै दिनरात काम गरे । ‘मलाई १ हजार डलर तलब थियो, त्यतिबेला ठूलै रकम हो ।’ मैले त्यहाँ करिब एक बर्ष काम गरें जति कमाएँ इजराइल बस्दा त्यहीबाट बाट कमाएँ ।’ उनी सम्झन्छन् ‘करिब २ हजार डलरसम्म कमाइ हुन्थ्यो ।’ पहिला पहिला महिनामा ३०/३५ हजार घरमा पठाउने उनले त्यसपछि महिना दुई पटक पैसा पठाउन थाले । त्यसरी पैसा पठाएपछि उनलाई घरबाट बुबाले सोधे ‘बाबु क्या गर्या छस् तँलै आजकल ? कसरी पैसा पठाउसँ यत्रो’ उनले (हाँस्दै) भने ।

दोकान बेचेको पैसा लगेर आनन्द ओभरसियर मेनपावरमा कतारका लागि पासपोर्ट बुझाए । उनी केहि समय पर्वत र काठमाडौं ओहोर–दोहोरमै बिताए । पासपोर्टसँगै कतार जानका लागि ६५ हजार रुपैया बुझाएको केहि समयमै उनको भिषा आयो । मेनपावरले पेट्रोल पम्पको काम भनेका थिए । र, २०५३ सालको अन्त्यतिर भुसाल कतार भासिए । पेट्रोलपम्पकमा उनको काम सहज थिएन् । लगाएको कपडाबाट पानी चुहिएझैं तरतरी पसिना चुहिन्थ्यो । ‘भेष्ट लगाउँदा पनि पसिना टाउकोबाट चुहिएर जुत्तासम्म पुग्थ्यो’ कतारको दुःख सम्झँदै भुसालले खबरडबलीसँग भने ‘तातो हावाले हान्दा घरिघरि घरको मात्रै सम्झना आउँथ्यो ।’ त्यतिबेला ५०० कतारी रियाल तलब बुझ्ने भुसालले करिब दई बर्ष कतार बसाइको अवधिमा खासै प्रगति गर्न सकेनन्, र छुट्टीमा नेपाल फर्किए ।
…….
नेपाल फर्किएपछि भुसालले २०५६ फागुनमा पर्वतकै सावित्रा भुसालसँग मागि बिबाह गरे । बिबाह गरेपछि साढे दुई बर्ष भुसाल नेपाल नै बसे । यो बीचमा दुई बच्चा पनि जन्मिए । हाल भुसाल दम्पत्तिको दुई छोरा अविशेक र अभियान काठमाडौंमा अध्ययनमा छन् ।
तर नेपालमा बसेर कसरी घर चलाउने भन्ने चिन्ताले सँधै सताउँथ्यो । झन् बैबाहिक बन्धनमा बाँधिएपछि उनीमाथि अर्को जिम्मेवारी थपियो । त्यसमाथि दुई सन्तान जन्मिसकेका थिए । ती दिन सम्झँदै भुसालले खबरडबलीसँग भने ‘बिबाह गरेपछि जिम्मेवारी पनि थपियो, नेपाल बसेर काम पाउनै गाह्रो भयो र फेरि रोजगारीका अनेकौं रंगिन सपना बोकेर इजराइल जाने निष्कर्षमा पुगें ।’

अंग्रेजी मिति सन् २००२ तिरको कुरा हो । कान्छो छोराको न्वारणको दिन भुसाल इजराइल ‘प्रोसेस’को लागि बुबासँग ५ सय रुपैयाँ बोकेर सुत्केरी श्रीमती घरमै छाडेर हिँडे । इजराइलको तयारी उनको निकै कठिनाई भयो । उनले ३ लाख २५ हजार रुपैयाँ मेनपावरलाई बुझाएका थिए । बाबुले ऋण खोजेर पठाएको पैसाले भुसालको काँधमाथि अर्को गलपासो आइलाग्यो । त्यो हो ब्याज । तर १ बर्षसम्म उनको इजरायल जाने सपना पूरा भएन् । उनी फेरि गाउँमै फर्किए । एक बर्ष म्यानपावरले झुलाएपछि उनलाई खबर आयो भिषा आयो, जानुपर्ने भो भन्दै, त्यसपछि उनी घरबाट विदाबारी भएर इजरायली सपना बोकेर काठमाडौं उत्रिए । तर यता आउँदा भिषा नै आएको रहेनछ । ‘फेरि गाउँमै फर्किएँ’ भुसालले खबरडबलीसँग भने ‘गाउँ पुग्दा त छिमेकीहरुले कति दिनको छुट्टिमा घर आइस भनेर जिस्काउँन थाले ।’ त्यो हेपाईबारे खबरडबलीसँग कुरा गर्दा उनले आँशु मात्रै झार्न सकेनन्, मलिनो स्वरमा बोलिरहे ।’ भूसाल भन्छन् ‘गाउँलेको त्यो भनाइले मनभित्रै चिसो पस्थ्यो बोल्ने शब्दै हुने थिएन् ।’

लामो कसरतपछि भुसालको इजराइलको भिषा लाग्यो । इजराइलमा उनले निकै कष्टका साथ काम गरे । एक बर्ष बितेपछि भिषाको म्याद सकियो, त्यहाँ पनि उनको भिषा थपिएन् । उनी इलिगल बस्नुपर्ने भयो । इलिगल रुपमै बस्ने निधो गरेका उनलाई त्यहाँको प्रहरीबाट जोगिन धौ धौ थियो । र उनले आफुलाई पठाउने दलाललाई फोन गरेर भने ‘तपाइँहरुले यहाँ ल्याइदिनु भयो धन्यवाद, म अब आफै बाँच्छु ।’
त्यसपछि उनी इलिगल भएर एक रेष्टुरेन्टमा काम गर्न गए । त्यहाँ उनलाई पोखराको एक साथीले बोलाएका थिए । तर उक्त रेष्टुरेन्टमा प्रहरीले पहिलैदेखि छापा मार्ने रहेछ । ‘मलाई त साथीले प्रयोग गर्न मात्र बोलाएको रहेछ’ भुसालले भने ‘पोखराको साथीले पैसा निकाल्नका लागि मलाई बोलाएको रहेछ ।’ मलाई काम लगाइदिनु भयो र उहाँ त्यहाँबाट काम छाडेर निस्किनुभयो ।’ त्यो दुःखलाई (हाँस्दै) उनले भने त्यो साथीको नाम चै भन्दिन् म ।’

उनीहरुले रसिया ट्रान्जिट पारेर प्लान बनाए । उनीहरुको प्लान यस्तो थियो कि ‘साँकृतिक कार्यक्रम तय गरेर रसिया ट्रान्जिट पारेर नेपाल फर्किने थियो ।’ टिकट पनि त्यसरी नै बनाइएको थियो । त्यसपछि उनीहरु प्लेनमा स्पेन पुगे । त्यहाँ उनीहरुले कागजपत्र लुकाएपछि उनीहरुलाई सहजै निस्किन दिइयो । अनि उनीहरु त्यहाँ शरणार्थी बने । बल्लतल्ल बाहिर त उनीहरु निस्किए तर त्यो अनकन्टार ठाउँमा चिनजान कोहि थिएन्, उनीहरु अलमल्लमा परे । भुसालका पोर्चुगलमा बस्ने एक आफन्त थिए, उनका आफन्तले पोर्चुगलबाट स्पेन आएका एक जनालाई फोनमै चिनजान गराईदिए । उनले बार्सिलोना बोलाए । त्यसपछि भुसालसँगै आएका तीन जनासहित स्पेनको बार्सिलोना पुगे । तर त्यहाँ पनि बस्ने ठाउँको अभाव रहेछ’ भुसाल सम्झन्छन् ‘उहाँ पनि भर्खरै आउनु भएको रहेछ, एक जना भए जसरी बस्न मिल्थ्यो, हामी तीन÷चार जना भएका कारण बस्ने ठाउँको समस्या भयो ।’ ती साथीले पिसियो (साइबर) मा लगेर राखिदिए । उनी भन्छन् ‘सन् २००७ तिरको कुरा हो, भर्खर–भर्खर याहु चलाउने शुरुवात भएको थियो, हामी रातभर त्यहि चलाएर बस्यौं । ’ त्यसपछि त्यहि साथीले नै कृषि कामतिर लगे । त्यहाँ सुन्तला टिप्ने काम पाइन्छ भन्ने थियो ।’

‘घनघोर जंगलको बिचमा रहेको त्यो रेष्टुरेन्टमा काम सकेको सुत्नका लागि कन्टेनरमा जानुपथ्र्यो’ उनले भने ‘धन्न त्यहाँ टिभिसम्म थियो टिभिको ठूलो साउन्ड बनाएर सुत्थ्यौं । नत्र स्याल कराएर सुत्नै पाइन्नथ्यो ।’ कन्टेनरको एक दिनको सुताई उनले सँम्झिए ‘सुरुको दिनमा त टिभि बन्द गरेर सुतेका थियौं, स्याल कराएर सातो नै लियो ।’ त्यति मात्रै कहाँ होर भुसाल सम्झिन्छन् त्यहाँ त हावा पनि ज्यानमारा ‘स्ट्राइल’ले चल्दो रहेछ, कन्टेनर नै पल्टाउला जस्तै हुने ।’ त्यहाँ काम गरेको करिब डेढ महिनापछि उनले त्यो रेष्टुरेन्ट छाडेर ट्याक्सीमा २०० डलर तिरेर अर्कै ठाउँमा काम खोज्दै पुगे ।

साथीहरुको सम्पर्कपछि उनी त्यहाँ गालेभेडा टिप्नका लागि गएका थिए । तर कम्पनी गएपछि बोसलाई भेट्न भित्र छिरेका भुसाललाई बोसले हपारे ‘कसलाई भनेर भित्र आइस, बाहिर निस्कि हाल ।’ बोसले हपारेपछि उनी त्यहाँबाट पनि निस्केर अर्को कम्पनीतिर काम खोज्दै भौतारिए । उनी खुर्सानी टिप्ने कम्पनीतिर लागे । त्यहाँ उनले करिब ३ महिना काम गरे । त्यहाँ पनि काम राम्रो नभएपछि उनले पोखराका साथी रुद्र कार्कीलाई फोन थिचे । उनले समुन्द्रको रेष्टुरेन्टमा काम लगाइदिने आश्वासन दिए, भुसाल त्यहि गन्तव्यतिरै लागे । त्यो रेष्टुरेन्टमा उनले शुरुको दई दिनमा त नसुतेरै दिनरात काम गरे । ‘मलाई १ हजार डलर तलब थियो, त्यतिबेला ठूलै रकम हो ।’ मैले त्यहाँ करिब एक बर्ष काम गरें जति कमाएँ इजराइल बस्दा त्यहीबाट बाट कमाएँ ।’ उनी सम्झन्छन् ‘करिब २ हजार डलरसम्म कमाइ हुन्थ्यो ।’ पहिला पहिला महिनामा ३०/३५ हजार घरमा पठाउने उनले त्यसपछि महिना दुई पटक पैसा पठाउन थाले । त्यसरी पैसा पठाएपछि उनलाई घरबाट बुबाले सोधे ‘बाबु क्या गर्या छस् तँलै आजकल ? कसरी पैसा पठाउसँ यत्रो’ उनले (हाँस्दै) भने । मैले जति कमाएँ यहाँ बस्दा नै कमाएँ ।’

उनको जीवनमा जब खुशीका दिनहरु आउँदै थियो । राम्रो पैसा कमाउँदै थिए उनले । तर एक दिन बिहानको १० बजेतिर उनलाई साहूले फोन गरेर भन्यो ‘इमिग्रेसन पुलिस आउँदैछ, तिमिसँग १० मिनेट भन्दा बढी समय छैन्, इलिगल बसेका सबै भाग्नु ।’ प्रहरीमा साहुको साथी भएर आउने कुरा थाहा भयो ।’ त्यसपछि उनी साहुकै गाडी चढेर भागे, कोहि समुन्द्रतिर लुकेर बसे ।’ त्यस दिन उनीहरु प्रहरीबाट सुरक्षित भए । प्रहरी आयो कोहि इलिगल नभेटेपछि फर्कियो ।’ त्यसको ठिक १५ दिनपछि १० बजेको थियो । भुसालका साथी देविन थापा पछाडी खाना बनाएर बसेका थिए । उनी अर्डर आएकाले रेष्टुरेन्ट जान लागेका थिए । उनी साहुले बोलाएका स्थानमा पुगेका पनि थिए, इमिग्रेसन प्रहरी आइपुग्यो । ‘मलाई प्रहरीले कागजपत्र छ भनेर सोध्यो मैले छ भनें’ त्यसपछि साहुले आँखा सन्कायो मँ भागे ।’ भाग्न थालेपछि प्रहरीले पिच्छा गर्न थाल्यो करिब ४० मिनेटजति भागेपछि थकाइपनि लाग्यो र झारमा लुँके ।’ करिब ४५ मिनेट झारमा लुँकेपछि उठेर हेर्दा उनीभन्दा प्रहरी अगाडी लागिसकेको रहेछ । अगाडी लागेको प्रहरी उनको नजिकैबाट फर्किन लागेपछि फेरि उनी झारमै सुते ।’ करिब १५ मिनेटजति झारमा लुक्दा निकै कठिन भयो’ उनले भने ‘एकतातिर डरले हात खुट्टा कापिरहेका थिए, भनेको ठाउँमा टेक्न सक्ने स्थिति थिएन् ।’ उनी बल्लतल्ल काम गर्ने रेष्टुरेन्टमा पुगे । त्यहाँ जाँदा साथीहरुलाई प्रहरीले प्रक्रेर लगिसकेछ ।’ सबै साथीहरुलाई प्रकेर लैजानुको पीडा त भुसाललाई थियो नै । तर भाग्नुको बेफाइदा उनले केहि समयपछि भोगे । प्रहरीबाट साथीहरु छुट्दा उनीहरुको भिषा थपेर पठाएछ, अब उनी एक्लै इलिगल भए ।’
…..
त्यसपछि फेरि उनले अर्को एउटा युरोप यात्राको सपना देखे । युरोप सपनालाई साकार बनाउन एक टीम नै जम्मा भयो । उनीहरुले रसिया ट्रान्जिट पारेर प्लान बनाए । उनीहरुको प्लान यस्तो थियो कि ‘साँकृतिक कार्यक्रम तय गरेर रसिया ट्रान्जिट पारेर नेपाल फर्किने थियो ।’ टिकट पनि त्यसरी नै बनाइएको थियो । त्यसपछि उनीहरु प्लेनमा स्पेन पुगे । त्यहाँ उनीहरुले कागजपत्र लुकाएपछि उनीहरुलाई सहजै निस्किन दिइयो । अनि उनीहरु त्यहाँ शरणार्थी बने । बल्लतल्ल बाहिर त उनीहरु निस्किए तर त्यो अनकन्टार ठाउँमा चिनजान कोहि थिएन्, उनीहरु अलमल्लमा परे । भुसालका पोर्चुगलमा बस्ने एक आफन्त थिए, उनका आफन्तले पोर्चुगलबाट स्पेन आएका एक जनालाई फोनमै चिनजान गराईदिए । उनले बार्सिलोना बोलाए । त्यसपछि भुसालसँगै आएका तीन जनासहित स्पेनको बार्सिलोना पुगे । तर त्यहाँ पनि बस्ने ठाउँको अभाव रहेछ’ भुसाल सम्झन्छन् ‘उहाँ पनि भर्खरै आउनु भएको रहेछ, एक जना भए जसरी बस्न मिल्थ्यो, हामी तीन÷चार जना भएका कारण बस्ने ठाउँको समस्या भयो ।’ ती साथीले पिसियो (साइबर) मा लगेर राखिदिए । उनी भन्छन् ‘सन् २००७ तिरको कुरा हो, भर्खर–भर्खर याहु चलाउने शुरुवात भएको थियो, हामी दिनभर त्यहि चलाएर बस्यौं । ’ त्यसपछि त्यहि साथीले नै कृषि कामतिर लगे । त्यहाँ सुन्तला टिप्ने काम पाइन्छ भन्ने थियो ।’ त्यतैतिर लागें । त्यहाँ पनि बस्न समस्या थियो । खाना त्यहि साथीहरुसँग मिलेर खायौं । बस्ने ठाउँ अभावपछि घर भाडामा लिएर बल्ल युरोपमा पहिलो रात आनन्दले बितायौं ।’ हामीले मासिक ३५० युरो डिपोजिट गरे घर भाडामा घर लियौं ।’ तर उनीहरुले भाडामा लिएको घर निकै विकट गाउँमा थियो ।

युरोप छिरेको करिब तीन महिना उनीहरुले कुनै काम पाएनन् । इजरायलमा कमाएको पैसाले उनीहरु त्यहाँ टिके । बस् तीन महिना खाने, बस्ने र घर भाडा तिर्ने कामबाहेक अरु केहि काम भेटिएन्’ उनले भने । तीन महिना हल्लिएरै युरोपमा बिताएका उनीहरुले सुन्तला टिप्ने सिजन आएको थाहा पाए । त्यसपछि दलालको खोजीमा हिँडे । (त्यहाँ निकै दलाल लाग्छ) । पाकिस्तानी दलालले आधा पैसा खाने आधा कामदारलाई दिने गर्दा रहेछन् ।’

सुन्तला टिपेर युरोपमा कामको थालनी गरे । उनले भने ‘टोकरी दिएको हुन्थ्यो त्यो टोकरी भरी सुन्तला टिपेको १२ युरो दिन्थ्यो, हामी इजराइलबाट आएका गु्रपले सबैभन्दा बढी टिप्थ्यौं ।’ उनीहरुको गु्रपले करिब डेढ घण्टामा एउटा टोकरी भर्थे । ‘नेपालमा जस्तो होईन, त्यहाँ त कैंचीले काटेर टिप्नुपथ्र्यो ।’ यसरी नै करिब तीन महिना सुन्तला टिपेपछि त्यो गाउँबाट उनीहरु बार्सिलोना सहर जाने निधो गरे ।
बार्सिलोना आएपछि एउटा प्याकिङ गर्ने फ्याक्ट्रीमा काम पाए । त्यहाँ घण्टाको ४ युरो दिने सहमति थियो । तर साहुले पैसा उनीहरुलाई दिएनन् । उनीहरुले मुद्धा हाले, अन्तत मुद्धा भुसालहरुकै पक्षमा फैसला भयो । (त्यहाँ इलिगलले पनि मुद्धा हाल्न पाइन्छ) । काम भने किताबमा स्ट्रिकर टास्नेदेखि प्याकिङ गर्नेसम्मको हुन्थ्यो । उनीहरुले यो बीचमा लिगल हुनका लागि दर्ताको प्रोसेस चलाइसकेका थिए ।

…..
भुसाल त्यसपछि नेकपा माओवादी केन्द्रको जनप्रगतिशिल मञ्च युरोप शाखासँग जोडिए । संगठनको काम पनि शुरु गरे । संगठनको सदस्य पाउनका लागि उनलाई करिब ४/५ महिना पेन्डिङमा राखियो । त्यसपछि मात्रै भुसालले सदस्यता पाएको बताउँछन् । ‘संगठन राम्रो हुँदै थियो, पार्टी फुटका कारण फेरि बिग्रियो’ भुसालले खबरडबलीसँग भने ‘सबै तितरबितर भइयो ।’ अध्यक्षलगायत सबैले संगठन छाडेपछि भुसाललाई नेतृत्व लिनका लागि साथीहरुले दबाब दिए, उनले नेतृत्व लिएनन्, आफु भन्दा जुनियरलाई नेतृत्व सुम्पिएर उनी महासचिवमा बसे । पार्टी फुटको ह्याङले २ बर्षसम्म त्यति संगठनले काम गर्न सकेन् । ‘बेला बेलामा विवाद भइरहन्थ्यो’ भुसाल भन्छन् ‘खास जनप्रगतिशिलमञ्च को हो भन्नेमा विवाद हुन्थ्यो, हामी फुटेर गएकाहरुलाई मोर्चा भन्थ्यौं उहाँहरु स्वीर्कानु हुने थिएन् ।’ सबै कागजपत्र फुटेर गएका टोलीले लिएपछि संगठनको काम गर्न नसकेको उनले बताए । ‘फेरि २ बर्षपछि उनीहरुसँग एकता भयो’ उनले भने ‘मैले नेतृत्व लिएँ, त्यसपछि स्पेनमा दरिलो संगठन बनायौं ।’

…..
युरोप जाने र कार्ड लिएर उतै व्यवस्थापन हुने कयौं नेपालीको सपना हुन्छ । तर भुसालको युरोपबारे धारणा भने फरक । उनी युरोपको पिआर नलिने पक्षमा छन् । उनी भन्छन् ‘मैले यत्रो समय विदेशमा बिताएँ, कमाइ पनि राम्रै गरें, अब नेपालको लागि केहि गर्नुपर्छ भन्ने सोचमा छु नेपाल फर्किएर गाउँमै काम गरेर बस्ने सोच छ । हेरौं जिन्दगीले कति साथ दिन्छ ।’ उनमा नेपालमै गएर केहि गर्नुपर्छ भन्ने सोच छ । स्पेनमा भुसाल श्रीमतीसँगै बस्छन् ।

माघ १२ गते, २०७४ - १३:१० मा प्रकाशित

कुँवर खबरडबलीका संवाददाता हुन्, राजनीति र साहित्यमा रिपोर्टिङ गर्छन् ।

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर...   
मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको...   
८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् ।...   
के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत...   
पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन...   
नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी...   
प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग...   
अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री...   
पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी...   
चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top