


भारतीय पक्षले रोक लगाएपछि नेपाली अदुवा निकासी ठप्प


इलाम । भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेपछि इलामका कृषक मारमा परेका छन् ।
भारतीय भन्सारले नेपाली अदुवा निकासी रोकेपछि इलामबाट झापाको काँकडभिट्टामा अदुवा लिएर गएका सयाँैं ट्रक अलपत्र परेका छन् । अदुवामा मिसावट भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निकासी रोकेको व्यापारीले बताएका छन् ।
अदुवा निकासी ठप्प भएपछि इलाम, पाँचथरका अदुवा कृषक चिन्तित् बनेका छन् । अदुवा लिएर काँडकभिट्टा पुगेका ट्रक अहिले धमाधम फिर्ता हुन् थालेका छन् ।
पटक÷पटक भारतले नेपाली अदुवा निकासीमा रोक लगाएपछि व्यापारी मारमा छन् । दुई महिनाअघि मात्रै चार गाडी अदुवा एकहप्ता काँकडभिट्टामा राखेर निकासीको पहल गर्दा नसकेपछि विर्तामोड गोदाममा ल्याएर राखिएको व्यापारी कृष्ण पौडेलले बताए।
बिक्री हुने आशामा कृषकले धमाधम अदुवा खन्न थालेका छन् । अदुवा खनेर बिक्रीका लागि तयार गरेका फाकफोकथुम गाउँपालिका–२ का गोपीकृष्ण तिम्सिना अदुवा निकासी ठप्प भएपछि चिन्तित छन् । ‘भाउ पाइएला की भन्ने आशामा अदुवा खनियो, अदुवा निकासी ठप्प पा¥यो भन्ने सुनेपछि चिन्तित छु,’ उनले भने, ‘निकासी खुलेन भने लाखौँंको अदुवा बारीमै सड्छ ।’ गतवर्षभन्दा यसपाली मूल्य बढी पाइएला भनेर अधिकांश कृषकले प्रतिमन रु दुई हजारमा बीउ अदुवा खरिद गरेर रोपेका थिए ।
यसपाली अदुवा प्रतिमन रु ५०० सयदेखि रु ७ सयसम्म किनबेच हुँदै आएको छ । तर भारत निकासी ठप्प भएपछि ग्रामीण भेगमा अदुवा कारोबारनै ठप्प भएको स्थानीय व्यापारी इन्द्र अधिकारी बताउँछन्।
अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भारतीय पक्षसँग तत्काल अदुवा निकासी सहज बनाउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा
काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै
काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...ओली प्रवृतिसँग आज लड्ने कि भोली !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)
प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?
काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग
चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...
