Khabar Dabali Logo
  January 15, Fri

राजपालाई लाग्यो झट्काः महासचिव साहसहित बिद्यार्थी नेताहरु माओवादीमा प्रवेश

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को विद्यार्थी संगठनका महासचिव चन्द्र भुषण साहसहित बिद्यार्थी नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार (आज) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । राजपाका बिद्यार्थी नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले मधेसलाई विकास र समृद्धि चाहिएको उल्लेख गर्दैआफुहरु मधेसलाई सम्बोधन गर्ने कोशिसमा रहेको बताए । उनले सबै कुरा शान्तिपूर्ण रुपमा संविधानको दायराबाट पूरा गर्न सकिने भन्दै देश आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको उनले बताए । ‘हामीले राजनीतिक क्रान्ति धेरैपटक गर्‍यौं, अब आर्थिक क्रान्ति र समृद्धिको यात्रामा अघि बढ्नुछ,’ प्रचण्डले भने, ‘त्यसका लागि तपाईंहरु जस्ता प्राविधिक जनशक्तिको महत्वपूर्ण भूमिका हुन्छ ।’

माओवादी केन्द्रमा प्रवेश गर्दै राजपाको विद्यार्थी संगठनका महासचिव साहले माओवादी पार्टी नै मधेसी जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएकाले आफूहरु पार्टी प्रवेश गरेको बताए । उनले आफहरु माओवादी केन्द्रमै निरन्तर क्रियाशील हुने जानकारी दिए ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा महासचिव साहसहित तमलोपाका पूर्व विद्यार्थी उपाध्यक्ष अजित पप्पु यादव, राजपाका विद्यार्थी सचिव ज्ञानकुमार कुशवाहा, मधेसी विद्यार्थी समाजका कोषाध्यक्ष बसन्त ठाकुर, राजपाका विद्यार्थी नेताहरु आशिष देव, दीपेन्द्र साह, बरुण निसाद, खुसीलाल यादव, ज्ञानु यादव, सरोज यादव, सोनित ढुङ्गेल, अमन श्रेष्ठ, निरज कुशवाहा, गायिका सोलिना कुंवर, संगीतकार सन्तोष राज लगायत छन् ।

माघ १२ गते, २०७४ - ११:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top