Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

डाकिए प्रदेशसभा अधिवेशन, फागुन ५ भित्र सातै प्रदेशमा मुख्यमन्त्री

\"\"काठमाडौँ । संघीय संरचना अनुरुप देशमा पहिलो पटक निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान हुन थालेका छन् । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- देशसभा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र गठबन्धन सरकारसमेत बन्न नसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण फागुन ५ अगावै सातै प्रदेशमा मुख्य मन्त्री नियुक्त भइसक्ने छन् । प्रदेशसभा सदस्यका लागि गत मंसिर १० र २१ भएको निर्वाचनको अन्तिम परिणाम माघ ५ गते मात्रै प्रकाशित भएको थियो । सरकारले प्रदेश प्रमुख नियुक्तीमा गरेका विलम्बका कारण प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रकाशनमा विलम्ब भएको थियो । राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरुले सपथग्रहण गरेकै दिन निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई निर्वाचनको अन्तिम परिणाम बुझएको थियो । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिन भित्र प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था (धारा १८३) अनुरुप प्रदेश तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुले प्रदेशसभा अधिवेशन अधिवेशन आह्वान गरेका हुन् । तीन नम्बर प्रदेशसभाको अधिवेशन साविक मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयको भवनमा वस्ने गरी प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको छ । सात नम्बर प्रदेशसभा अधिवेशन भने कैलाली जिल्ला समन्वय समितिको सभा भवनमा वस्ने छ भने दुई नम्बर प्रदेशसभाको अधिवेशन जनकपुरको जिल्ला शैक्षिक तालिम केन्द्र कुवारामपुरमा बस्दै छ । संविधान अनुसार प्रदेशको अधिकार क्षेत्रमा पर्ने सबै विषयमा कानुन निर्माण गर्ने अधिकारक्षेत्र रहेका प्रदेशसभाहरु आ–आफ्नो बैठक सञ्चालनका लागि नियमावली वनाउने छन् । प्रदेशसभाका सदस्यहरुको सपथ ग्रहण भइसकेका कारण संभवत सबै प्रदेशसभाहरुको पहिलो बैठकको एजेण्डा आफ्नो कार्यविधि (अन्तरिम नियमावली) तय गर्नु हुने छ । संक्षिप्त कार्यविधि अनुसार काम सुरु गरेपछि आफ्नो नियमावलीका लागि समिति गठन गर्ने संसदीय अभ्यास छ । प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेशसभाका सदस्यहरुले आफुमध्येबाट सभामुख र उपसभामुखको चयन गर्नेछन् भने नियमावलीले तोके अनुसार संसदीय समितिहरु गठन गर्नेछन् । प्रदेश सभामुख र उपसभामुख फरक लिङ्ग (एक महिला, एक पुरुष) र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले नेपाल सरकारको अनुरोधमा सातै प्रदेशका प्रदेश सभा संचालनको सहयोग र एकरुपताका लागि संसद सचिवालयका सहसचिवको नेतृत्वमा प्रावधिकिसहित ४–४ जना गरी २८ कर्मचारी काजमा खटिने बताए । ‘सहसचिवले तालिमलगायतका काममा १५ दिन सहयोग गर्नेछन्, अरु ३ जना एक महिनासम्म रहनेछन्,’ प्रवक्ता गौतमले भने । केन्द्रमा जस्तै प्रदेशसभा पनि संसदीय व्यवस्था भएका कारण सरकार माथिको विश्वास/अविश्वास, बजेट र नियमित विधायनी कार्य देशसभाहरुका मुख्य काम हुनेछन् । प्रदेश प्रमुखले आह्वान गरे अनुसार वस्ने प्रदेशसभा अधिवेशनका नियमित बैठकलाई कार्यसूची दिने जिम्मेवारी लिने प्रदेश सरकारहरु भने बनिसकेका छैनन् । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्य मन्त्रिमा नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदो गठन हुने संवैधानिक व्यवस्था (धारा १६८) छ । प्रदेश नम्बर १ र ३ मा वाम गठबन्धनको मुख्य घटक एमाले एक्लैको बहुमत भए पनि प्रदेश सरकार गठनका लागि उसले संसदीय दलको नेता चुनेको छैन । प्रदेश नम्बर ५ मा भने एमालेले स्थायी समिति सदस्य शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । कुनै पनि दलको स्पष्ट बहुमत नभएका प्रदेशहरुमा भने प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले गठबन्धन सरकार समेत बन्न नसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्य मन्त्रीका रुपमा नियुक्त गर्नपर्छ । केन्द्रमा जस्तै गठबन्ध वा अल्पमतको सरकारले तीस दिन भित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था (धारा १६८ को उपधारा ४) छ । प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको दिन माघ ५ लाई आधार मान्दा फागुन ५ भित्र सबै प्रदेशमा मुख्य मन्त्रीको चयन र निजको अध्यक्षतामा प्रदेश सरकार बन्ने निश्चिन प्राय: छ । प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था (धारा १६८ को उपधारा ३) छ । वाम गठवन्धनले प्रदेश नम्बर दुई बाहेकका सबै प्रदेशमा बहुमतको सरकार बनाउने गृहकार्य गरिरहेको छ भने दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले गठबन्धन सरकार बनाउने संभावना बलियो छ । प्रदेशसभाको अधिवेशन प्रदेश नम्बर २ माघ २१ गते जिल्ला शैक्षिक तालिम केन्द्र, जनकपुर प्रदेश नम्बर ३ माघ १८ क्षेत्रिय शैक्षिक तालिम केन्द्र, हेटौडा प्रदेश नम्बर ७ माघ २१ जिल्ला समन्य समितिको सभाभवन, धनगढी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies