Khabar Dabali Logo
  October 27, Tue

प्रदेश सरकार गठनका लागि परामर्शमा छुः प्रदेश प्रमुख झा

बुटवल । प्रदेश ५ का प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा र सरकार गठनका लागि आफू परामर्शमा रहेको बताएका छन् । उनले संवैधानिक व्यवस्थाअनुरुप दुवै कामका लागि आफूले राजनीतिक दल, कानून विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श गरिरहेको बताए ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले कानूनमा भएको व्यवस्थाअनुसार तोकिएकै मितिभित्र बैठक बस्ने र सरकार गठन गर्ने स्पष्ट पारे । उनले निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको संसद् बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोहीअनुरुप काम हुने बताए ।

माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको बताउँदै प्रमुख झाले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास दिलाए । प्रदेश सरकारमा आफूहरुको अनुभव नभए पनि केन्द्रीय सरकार चलाएको आफूसँग अनुभव भएको बताए ।

अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद् बैठक आह्वानका लागि केही दिन लाग्ने बताउँदै संसद् सञ्चालनका लागि कर्मचारीसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताए ।

प्रदेश मन्त्रालयलगायत कार्यका लागि अस्थायी राजधानी भएकाले अस्थायी किसिमका पूर्वाधार निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।रासस

माघ ११ गते, २०७४ - १५:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top