Khabar Dabali Logo
  October 21, Wed

शेरधन राईमाथि देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ

काठमाडौंं। नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरु एमालेमा प्रवेश गर्न नभई दुई पार्टीबीच एकता गर्न खोजेको प्रष्ट पारेका छन् ।

एमाले नेताहरुले केपी शर्मा ओली नै प्रधानमन्त्री र एकिकृत पार्टीको अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले उनले आफुहरु एमालेमा प्रवेश नगर्ने बताएका हुन् । दुई पार्टी एकीकरणको प्रयास धेरै अगाडी बढीसक्दा पनि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा बैचारिक र संगठनात्मक व्यवस्थाका विषयमा अनावश्यक बोलिरहेको भन्दै उनले शिर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्ने बताए ।

नेता पौडेलले दुबै पार्टीका कार्यकर्ताले अपनत्व महसुस गर्नेगरी पार्टी एक्ता हुनुपर्नेमा जोड दिए । नेतृत्वको व्यवस्थापन पनि त्यसैगरि हुनुपर्नेमा उनको जोड छ । ‘सरकारको नेतृत्व र शिर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्छ’ खबरडबलीसँग कुराकानी गर्दै नेता पौडेलले भने, ‘सबै संगठनात्मक संरचनाहरु, जनवर्गिय संगठनहरु सबैमा सम्मानजनक एकता हुनुपर्छ । दुबै पार्टीको फरक धरातल र अस्तित्व रहेको दुबैले स्विकार गरिसकेको अवस्थामा यसलाई भड्काउने खालका अभिव्यक्ति आउनुहुन्न ।’

हिजो मात्रै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका थिए ।

शेरधन रार्इले हिजो के भनेका थिए ? पढ्नुहोस् यो पनि

‘एमाले-माअोवादी पार्टी एकतापछि प्रधानमन्त्री र अध्यक्ष दुवै केपी ओली बन्ने’

माघ ११ गते, २०७४ - १४:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top