Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘डन बस्को’ ले बनाइदियो विद्यालयको नौ कोठे पक्की भवन

\"\"दोलखा । नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ । बैत्यश्वर गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको भवन निर्माण सकिएपछि २८औँ वार्षिकोत्सव तथा ११औँ अभिभावक दिवसका अवसरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । विद्यालयको स्थायित्व, समृद्धि र विकासमा सहयोग गरेकामा बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामाले उक्त सोसाइटीका फादर अब्राहम, फादर राजु, सिस्टर अन्नीसमेतलाई सम्मान गरे । उनले भौतिक संरचनाले मात्र शैक्षिक विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, खेलकुदका सामग्री, आइसिटी कक्षाका लागि आवश्यक सामग्रीसमेतको व्यवस्थापन गरिदिनसमेत अनुरोध गरे । सोसाइटीका निर्देशक फादर अगष्टिले भूकम्पबाट विद्यालयको भवन क्षति भएर खुल्ला आकाशमुनि अध्ययन गर्न विवश सानासाना नानीहरुका लागि सेवा भावले भवन निर्माण गरेको र आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा निरन्तर सहयोग गर्दै जाने बताए । धेरै संस्थाले विद्यालय निर्माण गर्न अनुमति लिएर भागे पनि उक्त सोसाइटीले भने इमान्दारितापूर्वक आफूले लिएको जिम्मेवारी पूरा गरेकामा निमित्त जिल्ला शिक्षा अधिकारी भक्तबहादुर गोदारले सो संसथाको प्रशंसा गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies