Khabar Dabali Logo
  October 22, Thu

राष्ट्रियसभाका उम्मेदवारप्रति गोकर्ण विष्टको विमति, पार्टी एकताबारे यसो भन्छन्

काठमाडाैं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले योग्य नेता कार्यकर्ता हुँदा हुँदै पनि विभिन्न आवश्यकताका कारण पार्टीले सबैलाई समेट्न नसकेको बताएका छन् । कुरा गर्दै सचिव विष्टले भने, “उम्मेदवारी दिएका नेताहरुभन्दा योग्य नेता कार्यकर्ता हुन सक्दछन् । विभिन्न आवश्यकता र सन्दर्भका आधारमा उम्मेदारी चयन भएको छ । त्यसकारण यसलाई अरु ढंगले प्रस्तुत गर्न चाहन्न ।”

राष्ट्रियसभामा पार्टीका नेता कार्यकर्ताभन्दा पनि राष्ट्रिय व्यक्तित्व भएकालाई उम्मेदवार बनाउनुपर्ने भए पनि राजनीतक दलका नेता कार्यकर्तालाई नै प्रतिनिधित्व गराउने परिपाटी बसेको विष्टले बताए । “त्यसको एउटा निरन्तरता मात्रै हो ” विष्टले भने ।

“राष्टियसभामा राष्ट्रिय भूमिकामा महत्वपूर्ण योगदान र प्रभाव दिन सक्ने व्यक्तित्वहरु, जो पार्टीको दायराभन्दा माथि उठेका व्यक्ति भएदेखि राष्ट्रियसभाको गरिमा बढ्थ्यो” विष्टले भने ।

पार्टीका आफ्ना आवश्यकता, कठिनाई र सन्दर्भलाई सम्बोधन हुने गरी उम्मेदार छनौट गर्नुपरेको विष्टको भनाई छ । एमालेले बनाएका उम्मेदवारहरुले राष्ट्रियसभाको गरिमा बढाउन सक्छन् त भन्ने प्रश्नमा विष्टले भने, “यसप्रति मेरो थप टिप्पणी छैन । संस्थागत रुपमा नै पार्टीले निर्णय गरेको हो ।”

“राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका राख्ने व्यक्तित्वहरु उपस्थित हुँदा सुनमाथि सुगन्ध हुन्थ्यो । तपाईले भनेका कुरामा मेरो विमति छैन ।” विष्टले भने ।

सचिव विष्टले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल र संवाद जारी भएको बताउँदै पार्टी एकता भएरै छाड्ने बताए ।

माघ ११ गते, २०७४ - ११:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top